८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा पौडी खेल्दा दुई बेपत्ता

कालीकोट – जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् । 

प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् । 

बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए । रासस 

प्रकाशित: १८ चैत्र २०७३ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App