coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानव दूध बेच्छन् कम्बोडियाका आमाहरू

कम्बोडियाका कतिपय आमाहरूले आफ्नो दूध अमेरिकन महिलाहरूलाई बेच्ने गरेका छन् ।
उनीहरूले आफैँ दूध उत्पादन गर्न नसक्ने अमेरिकाका महिलाहरूलाई गरिबीका कारण आफ्नो दूध बेच्दै आएका हुन् । 
विगत दुई वर्षदेखि उनीहरूले अंब्रोसिया नामक एक कम्पनीलाई आफ्नो दुध बिक्री गर्दै आइरहेका छन् । उक्त कम्पनीले त्यसलाई अमेरिकामा निर्यात गर्दै आइरहेको छ र अमेरिकाका आफैँ दूध उत्पादन गर्न नसक्ने महिलाहरूले उक्त दूध खरिद गर्ने गरेका छन् । अंब्रोसियाले २८ एमएल् दूध ०.५० डलरमा बिक्री गर्ने गरेको छ ।
तर कम्बोडियन सरकारले भने यसरी मानव दूध खरिद विक्री गर्ने कार्यलाई रोक लगाउने भएको छ । यसका साथै कम्बोडियन सरकारले मानव अंग तथा भाडाको कोख विरुद्ध पनि कारवाही सुरु गर्ने भएको छ । कम्बोडियाको यो निर्णयमा युनिसेफले समर्थन गरेको छ । 
यसरी ब्रेस्ट मिल्कलाई खुलारुपमा बिक्री वितरण गर्न दिइएको कानुनी छुटले  बच्चाहरूलाई पर्याप्त मात्रामा दुध नखुवाई बेच्ने आमाहरूलाई प्रोत्साहन गरिएको आलोचकहरूको तर्क छ । त्यसकारण पनि यस्तो नियममा प्रतिबन्ध लगाउनु पर्ने तर्क उनीहरूको छ ।   
मानव दूध खरिद विक्रीमा रोक लगाए पनि महिलाहरूलाई स्वेच्छाले दूध दान गर्न भने रोक लगाइएको छैन्। 

 

प्रकाशित: १८ चैत्र २०७३ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App