८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ३३ जना लडाकु मारिए

अफगानिस्तान – अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ । 

अफगानी सेनाका प्रान्तीय प्रवक्ता शिर एक्वा फाक्विरीले शुक्रबार भने, सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्दै आइरहेका लडाकुविरुद्ध बिहीबार चापारहार र पाचिरागाममा सुरक्षा कारबाही जारी राखेको थियो, त्यस क्रममा ३३ जना लडाकुहरु मारिएका छन्, छ जना घाइते भएका छन् र २२ जना पक्राउ परेका छन् ।” 

उनले लडाकु समूहका कमाण्डर जुक्रुल्लाह र गाडा मोहम्मदको पनि मृत्यु भएको बताए । 

नानगार्हार र जलालाबादलाई आफ्नो राजधानी मानेर गतिविधि गर्दै आइरहेका न तालिवान लडाकु न इस्लामिक स्टेट(आइएस) कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन् । रासस/सिन्ह्वा 
 

प्रकाशित: १८ चैत्र २०७३ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App