१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।

रफत सञ्चार क्लबमा शुक्रबार मन्त्री राईले वर्तमान सरकारको बिकल्प नभएको बताए।

मन्त्री राईले सरकारको विकल्पको खोजीमा आएका व्यक्तिहरु समेत पुरानै मुहार भएकोले पनि नयाँ सरकार आवश्यक नभएको तर्क गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले ल्याएको भिजन देशको हितमा भएको उनको टिप्पणी थियो। सरकारले कालोबजारीलाई संरक्षण गरेको भन्ने भनाइमा सत्यता नभएको बरु सरकारले कालोबजारी र भ्रष्टाचारीको पहिचान गरी कारवाही गरिरहेको उनको दाबी छ।

मधेश आन्दोलनकारीका जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे। उनले मधेश अन्दोलनको नेतृत्वले सात बुँदे मागमा राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको जनाए। वार्ताकै माध्यमबाट समस्या समाधान हुनेसमेत दाबीसमेत उनले गरे।

उनले श्रमजीवी पत्रकार ऐन लागूका बिषयमा निजी सञ्चार गृहहरुसँग छलफल भइरहेको जनाए। सबै पक्ष सकारात्मक रहेकाले अब छिट्टै यो ऐन लागू हुने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: ३ असार २०७३ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App