८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पक्राउ

सियोल – दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छिन् । 
उनलाई सरकारमा रहेको समयमा आफ्ना सहयोगीसँग मिलेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । र सो विषयमा छानविन गर्नका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ नगरेसम्म सत्य तथ्य प्रमाण भेटिन नसकिने कारण देखाइ पक्राउ गरिएको हो । 
उनलाई भ्रष्टाचारमा संलग्न भएको भनी महाअभियोग लगाएर  राष्ट्रपति पदबाट बर्खास्त गर्नका लागि अदालतले आदेश दिएपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन् । साथै उनलाई संवेदनशील विषयका कागजातहरू कानुन विपरित सार्वजनिक गरेको आरोप समेत लागेको थियो ।
आफूमाथि लागेको आरोप गलत भएको अभिव्यक्ति दिँदै आइरहेकी उनलाई दक्षिण कोरियाको एक कारागारमा राखिएको छ । 
यसअघि उत्तर कोरियाका दुई राष्ट्रपतिहरू समेत भ्रष्टाचारको अभियोगमा पक्राउ परिसकेका छन् ।

 

प्रकाशित: १८ चैत्र २०७३ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App