हाम्रो होइन, राम्रो उम्मेदवार

शुक्रबार, १८ चैत २०७३, १० : ०७ मिलन पाण्डे  | @Milanleads

‘पुराना पार्टी अनि नेतालाई गाली गर्दै बुथसम्म गयो, रिसाउँदै स्वस्तिक छाप उठायो। दायाँ–बायाँ नहेरी, फेरि त्यही पार्टी अनि तिनै नेतालाई भोट हाल्यो। अनि फेरि बुथैबाट तिनलाई गाली गर्दै आयो। अनि कसरी हुन्छ त परिवर्तन?’ एकजना अधबैँसे दाइ प्याफलको गल्लीमा रहेको चिया पसलमा चियाको गिलास राख्दै कडि्कए। छेउमै बसेका अर्का भलाद्मीले चुरोटको सर्को तान्दै सोधे, ‘किन त्यसो गर्छन् होला त माड्साब?’ केहीबेरको मौनतासँगै अर्काे टेबलमा बसेका तेस्रा व्यक्तिले भावुक हुँदै भने, ‘के गर्नु, कोही राम्रा नेतै छैनन्। जसलाई हाले पनि उही त हो नि!’ यति कुरा सुन्दै गर्दा फोन आयो र म निस्किएँ तर मेरो मनमस्तिष्क भने त्यही अन्तिम वाक्यमै अडि्कयो– ‘के गर्नु, कोही राम्रा नेतै छैनन्।’

अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ। ‘खुला उम्मेद्वार छनोट’ नीतिबारे बहस हुनु आवश्यक छ। यो नीतिलाई दलहरुले प्रयोगमा ल्याउन जरुरी छ ताकि आम मतदाताले नराम्रामा कम नराम्रोलाई होइन, राम्रा मध्येका राम्रोलाई आफ्नो अमूल्य मत दिन सकून्।

अहिलेसम्म आम मतदाता नराम्रो मध्येका कम नराम्रो नेतालाई मात्रै छान्न बाध्य छन्। देश बनाउन राम्रो नेता चाहिन्छ तर राम्रो नेता आउन पनि त राम्रो उम्मेदवार चाहिन्छ नि! उम्मेदवार नै राम्रो नहुँदा जित्ने नेता कसरी राम्रो हुन सक्छ? मुहानै फोहोर छ भने त्यहाँबाट कसरी सफा पानी बग्न सक्छ? त्यसैले, अब नेतृत्व आउने मुहान नै सफा गर्न जरुरी छ। अब, उम्मेदवार केही नेताको सीमित स्वार्थका लागि नेताको खल्तीबाट हैन, जनताको घरदैलोबाट आउनुपर्छ।

हालको परिस्थितिमा सक्षम व्यक्तिहरुले देशका लागि योगदान गर्न सकिरहेका छैनन्। योगदान गर्नका लागि कुनै न कुनै पार्टीको सदस्य हुनुपर्ने, वर्षौं नेताको झोला बोकेर हिँड्नुपर्ने, गुटको कोटामा पर्नुपर्ने अनि नेताको चाकडी गर्नुपर्ने परिपाटी छ। यस्तो अवस्थामा कसरी एक निष्ठावान् व्यक्तिले राजनीति गर्न सक्छ र? त्यसैले, हालको राजनीतिले योग्य मानिसलाई पाखा लगाउने काम गर्दैछ। क्षमतावान मानिसहरु राजनीतिको घेराभन्दा बाहिर राख्दैछ। अब यो राजनैतिक परिपाटीलाई रोक्न जरुरी छ। अबको राजनीति अनि दलको नेतृत्व छनोट नीतिमै १८० डिग्रीको परिवर्तन आवश्यक छ।

केही दिन अघिको मणिपुरको विधानसभा चुनावमा १६ वर्ष अनसन बसेर अभियान चलाएकी इरोम शर्मिलाले ९० भोटभन्दा बढी ल्याउन सकिनन्। नेपालमै पनि गत संविधानसभामा सुप्रभा घिमिरेले बागी उम्मेदवारका रुपमा पहिला आफैँले जितेको क्षेत्रमा १०० भोट नघाउन सकिनन्। यसबाट के देखिन्छ भने, संसदीय पद्धतिमा अनि बहुदलीय प्रतिस्पर्धामा संगठनको अहम् भूमिका रहन्छ। स्वतन्त्र रुपमा राजनीतिमा योगदान गर्न गाह्रो छ। तसर्थ, राम्रो व्यक्ति अनि राम्रो संगठनको मिश्रण हुन जरुरी छ। त्यसैले, अहिले दलहरुले जसरी उम्मेदवार चयन गर्दैछन् त्यसरी राम्रो मान्छे राजनीतिमा आउन सक्दैनन् तसर्थ अब नीति अनि नियत दुवै बदलेर राम्रो सक्षम मानिसलाई राजनीतिमा ल्याउन जरुरी छ।

‘खुल्ला उम्मेद्वार छनोट’ नीति

अब राजनीतिमा सक्षम नेतृत्व भिœयाउनका निम्ति उम्मेद्वार चयन नीतिमै सुधार गर्नु जरुरी छ। हामीलाई त्यस्तो नीतिको आवश्यक छ, जसले एउटा सक्षम व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न सकोस्। यस प्रक्रियाका लागि दलले एउटा उम्मेद्वार समिति नै बनाएर काम गर्न जरुरी छ। यो समितिले निर्णायक मण्डल ‘जुरी’ गठन गर्नेछ। निर्णायक मण्डलका बहुसंख्यक सदस्य स्वतन्त्र (पार्टी बाहिरका) हुनु जरुरी छ। दुई–तिहाई सदस्य सामाजिक, आर्थिक, शिक्षा, पूर्वाधार, प्रसाशनिकजस्ता क्षेत्रमा योगदान गरेका व्यक्तिहरु र त्यही चुनावी क्षेत्रका सर्वसाधारण हुनु जरुरी छ। जसले उम्मेदवारको क्षमता अनि योग्यतालाई मापन गर्न सकून्। साथै, एक–तिहाइ संगठनको प्रतिनिधित्व गर्ने सदस्यहरु हुन जरुरी छ जसले दलको एजेन्डा, मूल्यमान्यता र भावि कार्यदिशाबारे उम्मेद्वारको मूल्यांकन गर्न सकून्। यसरी बनेको निर्णायक मण्डल ‘जुरी’ले सन्तुलित निर्णय लिन सक्छन्। सक्षम मान्छेलाई उम्मेद्वारका रुपमा राजनीतिमा तीन चरणबाट ल्याउन सकिन्छ।

खुल्ला आह्वान

पार्टीको झोला बोकेर हिँड्नु नै कुनै व्यक्तिको योग्यता बन्नु हुँदैन। तसर्थ, पार्टीले मेरिटोक्रेसीमा विश्वास गरेर पार्टी भित्रका अनि पार्टी बाहिरका उम्मेदवारलाई समान अवसर दिनुपर्छ। यो प्रक्रियामा सबै समान अनि सबैको पहुँच हुन जरुरी छ। यसका लागि पार्टीले निर्वाचन घोषणासँगै आम रुपमा उम्मेद्वारीका निम्ति खुला आह्वान गर्न जरुरी छ। किनभने, पार्टीमै लागेको मान्छे मात्रै सक्षम र देशका लागि योगदान गर्दै गरेको भन्ने कुरा सत्य होइन। एकजना सक्षम मानिस पार्टीभन्दा बाहिर रहेर पनि देश अनि समाजका निम्ति योगदान गर्दै गरेको हुन्छ। यही खुल्ला आह्वानबाटै दलको अध्यक्षदेखि एउटा आम नागरिकले समेत सम्बन्धित चुनावी क्षेत्रमा उम्मेदवारीका निम्ति प्रतिस्पर्धा गर्न सक्नुपर्छ।

योग्यता अनि दूरदृष्टि मापन

 राजनीतिमा नेतृत्व योग्य मानिसले नै गर्ने हो। खुला आह्वानपश्चात पार्टीका अनि पार्टीका सदस्यसमेत नरहेका स्वतन्त्र व्यक्तिले पनि उम्मेद्वारीका लागि दरखास्त दिन सक्नेछन्। उक्त उम्मेद्वारी दरखास्तमा उम्मेद्वारले कुन क्षेत्रबाट किन उठ्ने भनेर आफ्नो योग्यता अनि दूरदृष्टि प्रस्तुत गर्नुपर्ने हुन्छ। उक्त दूरदृष्टि लिखित वा अडियो वा भिडियो जुन माध्यमबाट उम्मेदवारलाई प्रस्तुत गर्न सजिलो हुन्छ, त्यही माध्यम प्रयोग गरी सम्बन्धित समितिमा पठाउन सक्नेछन्। जसको मूल्यांकन जुरीले गर्नेछन्। त्यसपछि, जुरीद्वारा छानिएका व्यक्तिहरुलाई अन्तर्वार्तामा समेत सामेल गराई योग्यताको परीक्षण गरिनेछ। जसमा सबैभन्दा राम्रो गर्ने सक्षम दुई उम्मेदवारका प्रत्यासीलाई आगामी चरणका लागि सिफारिस गरिनेछ। 

क्षमता अनि जनाधार मापन

उम्मेद्वारले आफ्नो दूरदृष्टि र नेतृत्व कौशल व्यवहारिक रुपमा प्रस्तुत गर्न जरुरी छ। उम्मेद्वारका प्रत्यासीहरुलाई केही समय चुनावी अभियानमा संलग्न गराएर नेतृत्वको क्षमता नाप्न सकिन्छ। जुरीले प्राविधिक र नैतिक पक्ष हेर्नेछन् भने आत्मीयता अनि विश्वसनीयताका लागि जनाधार मापन जरुरी हुन्छ। धेरै देशमा उम्मेद्वारका प्रत्यासी पहिला नै आन्तरिक प्रतिस्पर्धाबाट आउने गर्छन्। त्यही प्रणालीलाई परिमार्जन गर्दै हामीले कुन ठाउँबाट उठ्ने हो आदर्श स्थितिमा त्यही ठाउँका आम नागरिकहरुबाट माथिका दुई उम्मेद्वारलाई भोट हाल्न लगाएर जनाधार मापन गर्ने शैली अपनाउन सक्छौं।

यसरी खुल्ला प्रतिस्पर्धा, योग्यता, क्षमता अनि जनाधार हेरेर पार्टीका तर्फबाट एउटा योग्य, इमान्दार र जनप्रिय उम्मेद्वारलाई हामीले चुनावमा पठाउन सक्छौं। जसले गर्दा, त्यो उम्मेद्वारले पार्टी र केही नेताप्रति भन्दा पनि आफ्नो क्षेत्र अनि समाजका निम्ति काम गर्न सकोस्। तसर्थ, प्रत्यक्ष अनि समानुपातिक दुवै प्रणालीका पार्टीका उम्मेद्वार यही पद्दति अनि नीतिबमोजिम आउनुपर्छ।

 

उम्मेदवार अनि दलको सम्बन्ध

 यो पार्टीको सदस्यसमेत नरहेको सक्षम व्यक्तिलाई दलले अघि बढाउने नीति हो तर फेरि हामी संसदीय बहुदलीय व्यवस्थामा भएकाले यसरी चुनिएका उम्मेदवार र दलबीच एउटा सम्बन्ध कायम हुन जरुरी छ। त्यसैले, उम्मेदवारले आफ्नो कार्यकालभरि दलको सदस्यता लिन जरुरी हुन्छ तर कार्यकालपछि भने ऊ स्वेच्छाले सदस्य नरहन पनि सक्छ किनभने ऊ दलका लागि भन्दा पनि राष्ट्रका लागि योगदान गर्न आएको हुन्छ। तसर्थ, दल उम्मेद्वारका निम्ति अनि उम्मेद्वार दलका निम्ति राष्ट्र निर्माणका माध्यम मात्र हुन्।

धेरै राष्ट्रले छोटो समयमै समृद्ध बन्नका लागि यस्ता नीति अवलम्बन गरेका छन्। सिंगापुरको पिपल्स एक्सन पार्टीले सक्षम नागरिकलाई राजनीतिक उम्मेदवार बनाउनका लागि जटिल र सुदृढ प्रक्रिया (पृष्ठभूमि जाँच, मनोवैज्ञानिक परीक्षण तथा अनेक चरणमा उम्मेदवारसँग चिया गफ गर्दै सक्षम व्यक्तिलाई नै उम्मेदवारका रुपमा अगाडि बढाउँदै आएको छ। यही पार्टीको नेतृत्व गरेर लि क्वान युले सिंगापुरलाई ३० वर्षको अन्तरालमै तेस्रो विश्वबाट पहिलो विश्वको मुलुक बनाए।

योग्यता अनि क्षमतालाई प्राथमिकता दिने नीतिकै कारण, बराक ओबामाले राजनीतिमा आएर योगदान गर्न सके। डेभिड क्यामरुन अनि जस्टिन टुडो जस्ता व्यक्तिहरुलाई युवा अवस्थामै प्रधानमन्त्री बनेर आफ्नो राष्ट्रका निम्ति योगदान गर्न सहज भयो। धेरै पर पनि जानु पर्दैन, भारतमै पनि सन् १९९१ मा गैर राजनैतिक व्यक्ति डा. मनमोहन सिंहलाई इन्डियन नेसनल कांग्रेसले अर्थमन्त्रीको रुपमा अघि सार्‍यो अनि पछि सन् २००४ मा प्रधानमन्त्री बनायो। फलस्वरूप भारतले राम्रो प्रगति गर्न सफल भयो। नेपालमै पनि कुलमानजस्ता सक्षम व्यक्तिलाई नेतृत्व दिन सक्दा चामत्कारिक हिसाबले लोडसेडिङ अन्त्य भयो। तसर्थ, अबको राजनीति सही मान्छेलाई सही ठाउँमा पुर्‍याउन उत्प्रेरित गर्ने नीतिले निर्देशित हुन जरुरी छ।

 माथि चिया पसलमा चर्चा भएअनुरुप, अहिले आम मानिसमा राजनीति अनि नेताप्रतिको दृष्टिकोण ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने छ किनभने अहिलेको राजनैतिक पद्धति राम्रोभन्दा पनि हाम्रो उम्मेदवार ल्याउन अग्रसर छ। तसर्थ, अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ। ‘खुला उम्मेद्वार छनोट’ नीतिबारे बहस हुनु आवश्यक छ। यो नीतिलाई दलहरुले प्रयोगमा ल्याउन जरुरी छ ताकि आम मतदाताले नराम्रामा कम नराम्रोलाई होइन, राम्रा मध्येका राम्रोलाई आफ्नो अमूल्य मत दिन सकून्।

(विवेकशील नेपाली दलका नेता)








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad