coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले तोक्यो अञ्चल इन्चार्ज

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि १४ अञ्चलमा इन्चार्ज तोकेको छ। पार्टीको बिहीबारको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई अञ्चल इन्चार्ज तोकेको हो।

मेचीमा महामन्त्री राजेन्› लिङदेन, कोसीमा महामन्त्री सुनिलबहादुर थापा, सगरमाथामा उपाध्यक्ष रामचन्› राय र केन्›ीय सदस्य राजेन्› गुरुङ, जनकपुरमा आङछिरिङ शेर्पा,  नारायणीमा उपाध्यक्ष राजिव पराजुली, बागमतीमा उपाध्यक्ष बुद्विमान तामाङ, गण्डकीमा सहमहामन्त्री हेमजंग गुरुङ, धौलागिरिमा भीमप्रसाद गौचन, लुम्बनीमा महामन्त्री धुव्रबहादुर प्रधान, राप्तीमा सहायक महामन्त्री मनोज प्रधान, भेरीमा प्रेमबहादुर भण्डारी, कर्णालीमा धनबहादुर बुढा, सेतीमा सहमहामन्त्री चन्›बहादुर गुरुङ र महाकालीमा महामन्त्री जयन्त चन्द इन्चार्ज तोकिएका छन्।

बैठकले स्थानीय चुनाव लक्षित गरी वैशाख १० भित्र १४ अञ्चलमा सभा गर्ने निर्णयसमेत गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। ती सभामा शीर्ष नेताले सम्बोधन गर्ने छन्। 

त्यसैगरी, पार्टीले सरकारसँग समन्वय गर्न उपाध्यक्ष बुद्विमान तामाङ संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा प्रवक्ता शुशील श्रेष्ठ र सहमहामन्त्री निलकण्ठ काफ्ले सदस्य छन्। 

 

प्रकाशित: १८ चैत्र २०७३ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App