६ वैशाख २०८१ बिहीबार
अर्थ

हुण्डाईको नयाँ २०१७ ग्रान्ड आई–१० सार्वजनिक

काठमाडौं– हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ २०१७ ग्रान्ड आई–१० सार्वजनिक गरेको छ । मिस नेपाल अश्मी श्रेष्ठले बिहीबार नयाँ फेस लिफ्ट ग्रान्ड आई–१० सार्वजनिक गरेकी हुन् । कम्पनीले ग्राहकको आकांक्षालाई प्राथमिकतामा राखेर उक्त गाडी ल्याएको जनाएको छ । 

गाडीमा रिडिफाइन्ड एक्सटेरियर स्टाइलिङ, हाइटेक फिचर र फ्युल इफिसियन्सी रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका सेल्स एन्ड मार्केटिङका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले सुरुआतदेखि नै ग्रान्ड आई–१० ले ग्राहकको मन जित्न सफल भएको बताएको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले ग्रान्ड आई–१० म्याग्नाको मूल्य २६ लाख ९६ हजार, म्याग्ना एटीको ३० लाख ५६ हजार, स्पोटर््सको २८ लाख ९६ हजार, स्पोर्टस ओ एटीको ३४ लाख ५६ हजार, स्पोटर््स ओको ३० लाख ५६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैयाँ मूल्य रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित: १७ चैत्र २०७३ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App