coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुरक्षा निकायकै पम्पमा तेल ठगी

काठमाडौं– सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीबार गरेको अनुगमनमा शसस्त्र प्रहरीले सञ्चालन गरेको गुहेश्वरी पम्प भक्तपुरमा उपभोक्तालाई कम तेल दिएको पाइएको छ । 

सो पम्पमा हरेक पाँच लिटरमा २० मिलिलिटर(एमएल) कम पेट्रोल दिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौंका प्रमुख शशिभुषण यादबले बताए । ‘कम तेल दिएकाले बिक्री रोक्का गरेका छौं,’ यादबले भने, ‘नियमानुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’

त्यसैगरी बागमती आयल भक्तपुर ठिमीले पनि उपभोक्ता ठगी गर्दै आएको तथ्य फेला परेको छ । सो पम्पले प्रति पाँच लिटरमा तीन सय एमएल कम तेल दिएको यादबले बताए ।

‘सो पम्पले नुजलको सिलनै बिगारेको आशंका छ,’ यादवले भने, ‘छानविनको लागि पम्पमा शिलबन्दी गरेका छौं ।’

उपभोक्ता ठगी गर्नेविरुद्धमा विभागले विभागले कालाबजारी र ठगी ऐनमा मुद्दा चलानको लागि पत्राचार गर्ने यादवले बताए ।
 

प्रकाशित: १७ चैत्र २०७३ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App