८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

काठमाडौं– माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि गरेको छ,’ उनले भने,‘ती राम्रा काम प्रस्तुत गरेर प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’

यसैबीच प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले सरकारलाई दिएको सर्थमन  फिर्ता लिएपछि त्यसविषयमा आधिकारिक धारणा बनाउन सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज साँझ ६ बजे स्थायी कमिटीको बैठक बोलाएको छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिनुलाई एमालेले माओवादीको ऐतिहासिक भुल भनेको छ। एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर ऐतिहासिक भुल गरेको प्रतिक्रिया दिए। ‘माओवादीले ऐतिहासिक भुल गरेको छ,’ भट्टराईले नागरिकन्युजसँग भने,‘ हामी माओवादीलाई यो भुल सच्याउन आग्रह गर्छौं।’

एमाले र माओवादी गठबन्धन कायम रहनु अहिलेको आवश्यकता रहेको भन्दै उनले सरकारबाट फिर्ता हुने निर्णय सच्याउन आग्रह गरे। एमालेले राष्ट्रिय सहमति  गर्न एजेण्डामा सहमत हुनुपर्ने भन्दै त्यसकालागि संविधान कार्यान्वयन, सरकारले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र पुननिर्माणको काममा प्रमुख दलहरुबीच सहमति हुनुपर्ने भट्टराईले जनाए। ‘तीन मुख्य विषयमा सहमति भयो भने हामी नेतृत्वका विषयमा खुला छौं,’ उनले भने।

 

 

प्रकाशित: २८ असार २०७३ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App