६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पको विपक्षमा अदालत

वासिङटन – राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धि आदेश विरुद्ध हवाई राज्यले जाहेर गरेको मुद्दाप्रति अदालतले आफ्नो फैसला सुनाएको छ । अदालतले उक्त आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
अदालतले उक्त मुद्दा विचारधिन रहेसम्म ट्रम्पको आदेश लागुन नहुने बताएको छ । 
ट्रम्पले जारी गरेको आदेशले मुस्लिमहरू प्रति जातीय विभेद हुने र त्यसको प्रभाव पर्यटन तथा शेैक्षिक क्षेत्रमा पर्ने कारण देखाई उक्त आदेश कार्यान्वयनमा रोक लगाएको हो । तर ट्रम्पले भने अमेरिकाको सुरक्षामा वृद्धि गर्नका लगि तथा अपराधिक कार्यकलापमा कमी ल्याउनका लागि यात्रा प्रतिबन्ध अत्यावश्क भएको बताएका छन् । 
उनको यस नियमलाई रोक लगाउनका लगि हवाई राज्यले निरन्तर प्रयास गरिरहेको थियो । गत मार्च ६ मा जारी गरिएको उक्त आदेशमा इरान, लिबिया, सोमालिया , सुडान यमन लगायतमा मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो । 
गत जनवरीमा पनि ट्रम्पमको उक्त नियमलाई एक अदालतले लागु नगर्न आदेश दिएको थियो ।  

 

प्रकाशित: १७ चैत्र २०७३ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App