४ वैशाख २०८१ मंगलबार
अन्य

हङकङविरुद्ध नेपालको शानदार जित

काठमाडौं– एसिसी इमर्जिङ कपको अन्तिम खेलमा नेपालले चिरप्रतिद्वन्द्वी हङकङलाई ७ विकेटले पराजित गरेको छ। नेपालका तीन ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह र शरद भेषावकरले अर्धशकत पूरा गर्दा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो।

कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाए। दिपेन्द्र ऐरी ६१ र शरद भेषवाकर ५४ रनमा अविजित रहे।

४४.२ ओभरमा ३ विकेट गुमाएर नेपालले २२० रन बनायो। यसअघि टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन बनाएको थियो। २१५ रनको लक्ष्य नेपालले ५ ओभर बाँकी छदै पूरा गरेको हो।

कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाए। दिपेन्द्र ऐरी ६० र शरद भेषवाकर ५४ रनमा अविजित रहे।

पहिलो इनिङमा हङकङविरुद्ध नेपाली बलरले दवाब पार्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की, सुमन भारी, अविनाश कर्णले दुई-दुई विकेट लिए। सन्दीप लामिछानेको पोल्टामा एक विकेट पर्‍यो।

खेलको सुरुमा हङकङविरुद्ध नेपाली बलरले दवाब पार्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की, सुमन भारी, अविनाश कर्णले दुई-दुई विकेट लिए। सन्दीप लामिछानेको पोल्टामा एक विकेट पर्‍यो।

२१ ओभरमा पहिलो विकेट पतन हुँदा हङकङ ९५ रनको स्थितिमा थियो। कप्तान ज्ञानेन्द्र मल्लले हङकङका कप्तान अंशुमान राथलाई आउट गरेका थिए। त्यस लगत्तै उनले २३ औं ओभरमा ओपनर क्यामरन एमकुलसनलाई आउट गर्दै उनले हङकङविरुद्ध दवाब बढाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले २४ औं ओभरमा तेस्रो विकेट लिए। निजाकात खान ६ रनको स्थितिमा सन्दीपद्वारा आउट भए। त्यसपछि चौथो विकेटका लागि नेपालले १० ‌ओभर पर्खिनु पर्‍यो। ९ रन बनाएका बबर हायतलाई ३४ औं ओभरमा भुवन कार्कीले आउट गरे। १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २ विकेट लिएर ५३ रन दिए।

नेपाल एसिसी इमर्जिङ कपबाट बाहिरिई सकेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटको नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।

एसियाका टेस्ट राष्ट्रका यु–२३ टोलीसहित चार एसोसिएट राष्ट्र सम्मिलित प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। सुरुका दुई हारले सेमिफाइनलको ढोका बन्द भइसकेकाले हङकङसँगको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाका लागि मात्रै हो।

 

प्रकाशित: १७ चैत्र २०७३ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App