४ वैशाख २०८१ मंगलबार
समाज

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन


लुम्बिनी – लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो । 
बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न गर्न म्यादी प्रहरीले धमाधम फाराम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह निर्वाचनको विरोध गरेपनि यहाँका युवाको म्यादी प्रहरीमा निकै आकर्षण बढेको देखिएको छ । 
शनिबारदेखि सुरु भएको भर्ना अभियानमा आज दिउँसोसम्ममा ३ हजार जनाले फाराम भरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिए । 
दुई महिना भएपनि रोजगारी पाइने र सेवा समेत गर्न पाइने भावना ती युवामा छ । 
रूपन्देहीमा फाराम भरेकाहरुमा ६० प्रतिशत मधेसी समुदायका युवायुवती छन् भने ४० प्रतिशत पहाडिया समुदायका छन् । 
म्यादीमा फाराम भरेकामध्ये पूर्वप्रहरी, पूर्व म्यादी प्रहरी, पूर्व नेपाली सेना र भारतीय सेनाका जवान रहेका छन् । 
म्यादीमा फाराम भर्न आएकामध्ये अधिकांश आइए तथा केही बिए र एमए पढ्दै गरेका विद्यार्थीसमेत रहेको रूपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीमा एक हजार पाँचसय जति म्यादी प्रहरीको आवश्यकता पर्न सक्ने प्रहरीले अनुमान गरेको छ । रासस 

प्रकाशित: १७ चैत्र २०७३ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App