७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गरेका हुन् । 
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
सो अवसरमा राजदूत पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफ्नो भूमिका रहने उल्लेख गर्दै नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गरेका थिए । यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि राजदूत पुरीले छुट्टाछुट्टै भेट गरिसकेका छन् । रासस 

प्रकाशित: १७ चैत्र २०७३ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App