४ वैशाख २०८१ मंगलबार
समाज

दुषित पानी पिउन बाध्य सल्लेरीबासी

सल्लेरी खोल्सामा अव्यवस्थित रुपमा विच्छ्याइएका पाईपहरू । तस्विर : राधा ढुंगाना

सोलुखुम्बु – सोलुखुम्बुमा खानेपानी कार्यलयले तदारुक्ता नदेखाउँदा सदरमुकाम क्षेत्रका बासिन्दाले दुषित पानी पिउन बाध्य भएका छन् । २०७२ सालमै खानेपानी व्यवस्थापनका लागि योजना सुरु गरिए पनि आधारभुत काम समेत पुरा हुन सकेको छैन । खानेपानी कार्यलयको लाचारीकै कारण सल्लेरीबासीले वर्षातमा हिलो मिसिएको पानी पिउन बाध्य भएका छन् भने हिउँदमा अव्यवस्थित मुहानबाट आएको धुलो मिश्रित पानी प्रयोग गर्न बाध्य छन् । तर खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलयल व्यवस्थापनको कार्यक्रमलाइ द्रुत गतिमा काम गर्न नसकेको हो ।


‘खोल्सा मै ढल मिसाइएको देखिन्छ तरपनि के गर्नु बाध्यता छ त्यही पानी नखाई हुदैन ।’

काम सुरु भएको डेढ वर्ष बितिसक्दा समेत सल्लेरीलाई लक्षित गरी सुरु गरीएको सल्लेरी सुधार खानेपानी विस्तार आयोजनाको काम ३० प्रतिशत मात्रै सकिएको छ । जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यलयले २ करोडको लागतमा २०७२ साल मंसीरबाट काम सुरु गरारेको थियो । क्रमागत अन्तर्गतको उक्त योजनाको काम २०७४ सालमा सक्नुपर्ने छ । दुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित छिनाक्फुमा मुहान रहेको खानेपानी आयोजनाको ट्याङकी बनाउने, पाईप बिच्छ्याउने, पानी प्रसोधन केन्द्र निर्माणको काम भईरहेको जिल्ला खानेपानी कार्यलयले जनाएको छ । नगरपालीका स्थित फाप्लु, सल्लेरी, नया बजार र दोर्पुबजारका गरी करिब ३ हजार घरपरिवारलाई लाभ पुर्याउने लक्ष आयोजनाको छ । करिब २ करोड लागतमा काम थालीएको आयोजनाको ३० प्रतिशत काम भईसक्दा ६५ लाख रुपैयाँ रकम खर्च भईसकेको छ । यो वर्ष पनि खानेपानी कार्यलयबाट उक्त आयेजनाका लागी ४५ लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षमा काम सकाउने गरी आयोजनाको काम धमाधम भईरहेको खानेपानी कार्यलयका सुचना अधिकारी सोमनाथ आचार्यले जानकारी दिए । 
सल्लेरीकी सुसिला कार्की भन्छिन, ‘खोल्सा मै ढल मिसाईएको देखिन्छ तरपनि के गर्नु बाध्यता छ त्यही पानी नखाई हुदैन ।’ बाध्यता नै हो नगरवासी सवैको, खानेपानी व्यवस्थापनमा अहिलेसम्म कसैको ध्यान नगएको कार्कीको गुनासो छ । 
‘पानी सुद्धिकरण गर्ने उपकरण पनि छैन खोलामा रहेको पानी मैले त पाइपबाट ल्याएको छु त्यही पानीको प्रयोग गर्छु, ढलपनि सिाईन्छ खोलाहरुमा घिन लागेपनि त्यस्तै पानी पिउनुपर्छ के गर्नु नानी, नागरिकसँग नेत्र प्रसाद घिमिरे गुनासो पोख्छन ।’ 
सल्लेरीकी होटल व्यवसायी दिल कुमारी राई भन्छिन, ‘पर्यटकीय क्षेत्र समेत रहेको सल्लेरीमा खानेपानीको व्यवस्था छैन, विशुद्ध पानी पिउनुपर्ने बाध्यता छ, खोलाबाट ल्याएकै पानी प्रयोग गर्छौ ।’
आगामी दिनमा खानेपानी कार्यालयसँग सहकार्य गरी नगरपालिकाभित्र खानेपानी व्यवस्थित गरिने दुधकुण्ड नगरपालिकाले जनाएको छ । नगरपालीकाले खानेपानी व्यवस्थापनका लागी यो वर्ष ६ वटा खानेपानीका आयोजनाको काम गर्दै छ । नगरवासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन नगरपालिकाको काम भए तापनि यसका बारेमा कुनै योजना बनाइएको पाइँदैन । 
 

 

प्रकाशित: १७ चैत्र २०७३ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App