coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मञ्जुल र मीरालाई भोजपुरे सम्मान

काठमाडौँ- भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले कवि मञ्जुललाई नगदसहित सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले मञ्जुललाई १० हजार नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। त्यस्तै प्रतिष्ठानले अल्ट्रा धाविका मीरा राईलाई ३० हजार रुपैयाँ र तामपत्रसहित सम्मान गरेको छ।

संस्थाका अध्यक्ष दयाकृष्ण राईले भोजपुरमा जन्मी–हुर्की साहित्य, कला, संस्कृति, खेलकुदलगायतका क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको बताए।

सम्मान पाएपछि भावुक बनेका मञ्जुलले सम्बोधनसमेत गर्न सकेनन्। मीराले दौडबाट देशको नाम राख्न सकिने उल्लेख गर्दै सम्मानले हौसला मिलेको बताइन्।

सदस्यसचिव रसिकले मञ्जुल स्कुलदेखिकै साथी भएको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए। रसिकले मञ्जुलकै कारण संगीतमा लागेर आफू अहिलेको अवस्थामा आइपुगेको खुलाए।

कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नारद हार्तम्छाली, प्राज्ञ शशी लुमुम्बू, गीतकार श्याम तमोट, संस्थाका सचिव काङमाङ नरेश राईलगायतले पनि बोलेका थिए।

प्रकाशित: १७ चैत्र २०७३ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App