८ वैशाख २०८१ शनिबार
राजनीति

राजेन्द्र महतोको सद्भावनाका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

रौतहट– राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले पार्टीको कुनै पनि पदमा नरहेन गरी राजीनामा दिएका छन्।

सद्भावनाका केन्द्रीय सदस्य यादव सहित करिव एक दर्जन व्यक्तिहरु उक्त पार्टीको कुनै पनि पदमा नरहने गरी साधारण सदस्य समेतबाट सामुहिक राजनीनामा दिएका हुन् ।

सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो परिवारवाद तथा जातिवादी विचारधारबाट आफ्नै मनोमानी तरिकाले पार्टी सञ्चालन गरिकोले पार्टीमा रहने वातावरण नदेखिएको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन्।

आाफूसँगै एक दर्जन नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएको समाजिक सञ्जाल फेसबुकमार्फत यादवले जनाएका छन्।

यता सद्भावना पार्टीका महासचिव मनिष सुमनले पार्टीको नीतिनियमविपरीत कार्य गरेको भन्दै पार्टी केन्द्रीय कार्यालयले चैत ११ गते केन्द्रीय सदस्य यादवसँग ७ दिनको म्याद राखेर पार्टी महासचिव मनियाकुमार सुमनले स्पष्टीकरणको माग गरेको सद्भावना स्रोतले जनाएको छ।

केन्द्रीय सदस्य यादवसँग स्पष्टीकरण माग गरेकाले एक्कासी समाजितक सञ्चालमार्फत राजीनामा आएको देख्दा आफूलाई हास्यापद लागेको द्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमशेद बताए।

प्रकाशित: १६ चैत्र २०७३ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App