coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१४१ जना यात्रु चढेको विमान दनदनी बल्यो

लिमा— पेरुको राजधानी लिमबाट उडेको पेरुभियन एयरलाइन्सको बोइङ-७३७ विमानमा अवतरण गर्ने क्रममा आगलागी भएको छ। आगलागी हुँदा विमानभित्र १४१ यात्रु थिए। उनीहरु सबै सकुशल छन्।

घटना भइरहेको समयमा विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार ब्यक्तिले खिँचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र धुवाँको मूस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य भिडियोमा छ।

विमान भुइँमा छोइसकेपछि आगो सल्किएको थियो। विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर केही पर पुगेको थियो। विमान चिप्लिएको भुइँमा पनि आगो सल्किँदै आएको भिडियोमा देखिएको छ।

घटना भइरहेको समयमा विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार ब्यक्तिले खिँचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र धुवाँको मूस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य भिडियोमा छ।

अग्नि नियन्त्रक टोली तत्काल त्यहाँ पुगेकाले उद्धार गर्न सफल भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

'क्र्यास' भएको हैन

पेरुभियन एयरलाइन्सले एक विज्ञप्ति प्रकाशित गर्दै विमान 'क्र्यास' नपरेको बरु भुइँमा रोकिइसकेको अवस्थामा आगलागी भएको दाबी गरेको छ। कम्पनीका प्रवक्ता अल्बर्टो लोपेजले आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। सरकारी अधिकारीहरुले फोर्सल्यान्डिङका क्रममा विमानमा आगलागी भएको जनाएका छन्।

भिडियो

प्रकाशित: १६ चैत्र २०७३ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App