८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीय सेनाध्यक्षको उपहार ७ घोडा

प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीलार्इ घाेडा उपहार प्रदान गर्दै भारतीय सेनाध्यक्ष जनरल विपिन रावत

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले बुधबार जंगी अड्डामा उन्नत प्रजातीका सातवटा घोडा हस्तानान्तरण गरेका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्टालिन लाईट ब्रेड प्रजातीको एउटा तथा ब्रोड मारे, गेल्ड र डंकी स्टालिन प्रजातीका दुई–दुई वटा घोडा भारतीय सेनाका तर्फबाट नेपाली सेनाले प्राप्त गरेको हो ।

जंगी अड्डामा दुई देशका महारथिले भेटवार्ता गरेको निर्देशनालयले जनाएको छ । भेटघाटमा प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

भारतीय सेनाध्यक्ष जनरल रावतले नेपाली सेनाका बलाध्यक्षसहित रथीबहरुसँग समेत भेटघाट गरेका थिए।

प्रकाशित: १६ चैत्र २०७३ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App