विभिन्न माग राखेर आठौंपटक अन्सन बसेका डा गोविन्द केसीले तेस्रो दिन कक्षा लिएका छन्। स्वास्थ्य स्थिति खराब बन्दै गएपनि मंगलबार बिहान उनले विद्यार्थीहरुलाई कक्षा लिएका हुन्। मंगलबारका दिन बिरामीहरुको नियमित केस प्रेजेन्टेशन र त्यसमा प्रध्यापकहरुले कमेन्ट गर्ने रुटिङ हुने गर्छ।
कक्षामा केही सिनियर प्रध्यापकहरु अनुपस्थित भएर कक्षा प्रभावित हुने देखिएपछि डा केसीले क्लास लिएका हुन्। अन्सन बसेको स्थानसँगै क्लास रहेकाले कक्षा लिएको उनले बताए।
स्वास्थ्यसँग जोखिम किन? भन्ने प्रश्नमा डा केसीले भने- 'काम गर्दागर्दै मरियो भने सार्थक जीवन हुन्छ हैन र?' आधा घन्टा बसेपछि एगजर्सन भएपछि आएर सुतेको डा केसीले बताए।
हालः उनी अन्सनका लागि विदामा छन्।
प्रकाशित: २८ असार २०७३ ०४:४४ मंगलबार