६ वैशाख २०८१ बिहीबार
कला

किन फर्किए सुनिल कपिलको शोमा ?

नयाँ दिल्ली – भारतीय कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा पुनः देखिने भएका छन् अर्थात उनी उक्त शोमा फर्किएका छन् । गत हप्ता कपिलले उनीहरूको टिम बिना नै कार्यक्रम सञ्चालन गरेका थिए । कपिलले त्यसका लागि हाँस्य कलाकारहरू सुनिल पर्ल, राजु श्रीवास्त लगायतलाई लिएका थिए । 
कार्यक्रम हेर्नमा जति मज्जा दर्शकहरूले पहिले गर्थे त्यसमा कमी आएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए । कपिल कार्यक्रम अवधि भरि नै त्यति उत्साहित मुडमा समेत नदेखिएको र पहिलेको जति मनोरञ्जन दर्शकहरुलाई प्रदान गर्न नसकेको आरोप उनी माथि लागेको थियो । 
कार्यक्रमको शुटिङका लागि सुनिल फर्किएको खबरले उनका प्रशंसकहरुलाई उत्साह प्रदान गरेको छ । उनी छिटै नै शुटिङका लागि तयार हुने पनि भनिएको छ । यसको कारण रहेको छ उनले सोनी टिभीसँग गरेको सम्झौता उनले अप्रिल महिनासम्मका लागि शुटिङ गर्नुपर्ने भन्ने सम्झौता गरेका कारण अप्रिलसम्मका लागि उनी शुटिङमा फर्किएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । 
त्यसकारण उनी अप्रिल सम्मका लागि मात्र शुटिङका लागि फर्किएको खबरले उनका शुभ चिन्तकहरूलाई दुखी तुल्याउन सक्ने आकंलन गर्न सकिने छ । 

 

प्रकाशित: १६ चैत्र २०७३ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App