७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीले गरिन् इयु छोड्नलाई हस्ताक्षर

लन्डन – बेलायतकी प्रधानमन्त्री टरिजा मे ले बेलायतले युरोपियन युनियन छाड्ने भनी बनाइएको औपचारिक पत्रमा हस्ताक्षर गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधवार हस्तान्तरण गरिनेछ । 
उक्त पत्रको हस्तान्तरण पछि बेलायतले ४० वर्ष लामो युरोपियन युनियन सँगको आफ्नो आबद्धताका विषयमा छलफल सुरु गर्नेछ । उक्त पत्र युरोपियन युनियनका लागि बेलायती राजदुतले अध्यक्ष समक्ष पेश गर्नुपर्ने नियम रहेको छ । त्यस पश्चात प्रधानमन्त्रीले सांसदहरूसँग यस विषयमा उनीहरुको धारणा बारे छलफल गर्नेछिन् । 
गत जुनमा भएको जनमत संग्रहमा बे्रक्जिट बेलायती पक्ष विजयी भएपछि बेलायतले युरोपियन युनियनसँगको आफ्नो लामो आबद्वतालाई तोड्ने भएको हो ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App