७ वैशाख २०८१ शुक्रबार
समाज

आगोको मुस्लो देखिएपछि विराटनगर विमानस्थल बन्द

विराटनर – विराटनगर विमानस्थलमा आगोको मुस्लो देखिएपछि बुधबार डेढ घण्टाका लागि सबै उडान ठप्प भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रत्येक दुई दुई वर्षमा गर्ने आपतकालीन योजनको पूर्णकालीन अभ्यास अन्तर्गत योजनागत रुपमा विमानस्थलमा आगो लगाइएको थियो । 
कुनै पनि प्लेन रनवे छाड्न लाग्दा वा अवतरण गर्दा दुर्घटनामा परे कसरी यसको उद्धार गर्ने र कस्तो कस्तो तयारी गर्ने भन्ने विषयमा डेमो स्वरुप विमानस्थलमा आगो लगाइएको हो । डेमोमा दुई  दमकल र पाँच एम्बुलेन्सको प्रयोग गरिएको थियो । यो डेमोका लागि डेढ घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो । यसका कारण बुद्ध एयरको एउटा उडान प्रभावित बनेको छ । 
 

प्रकाशित: १६ चैत्र २०७३ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App