coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

ब्राजिल— ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट छनौट भएको छ। विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएका खेल अर्जेन्टिना र उरुग्वेले पराजय भोग्दा ब्राजिलले पाराग्वेमाथि ३–० को विजय निकाल्न सफल रह्यो।

चार खेल खेल्न बाँकी छँदै ब्राजिल दक्षिण अमेरिका क्षेत्रबाट विश्वकफ फुटबलका लागि छनौट भएको हो। ब्राजिलको जितमा लिभरपुलका कौटिन्हो, बार्सिलोनाका स्ट्राइकर नेइमार तथा रियल म्याड्रिडका मार्सेलोले गोल गरे।

चार खेल खेल्न बाँकी छँदै ब्राजिल दक्षिण अमेरिका क्षेत्रबाट विश्वकफ फुटबलका लागि छनौट भएको हो। ब्राजिलको जितमा लिभरपुलका कौटिन्हो, बार्सिलोनाका स्ट्राइकर नेइमार तथा रियल म्याड्रिडका मार्सेलोले गोल गरे। ब्राजिलसँगको हारसँगै पाराग्वे दक्षिण अमेरिकी टोलीहरुको अंक तालिकामा आठौं स्थानमा झरेको छ।

दुई पटकको विश्व विजेता अर्जेन्टिना मेसीबिना बोलिभियासँग उत्रिँदा २–० को पराजय व्यहोर्दै अंक तालिकामा तेस्रोबाट पाँचौं स्थानमा झर्‍यो। बोलिभियाविरुद्धको खेल सुरु हुनुभन्दा केही घन्टा अगाडि मेसीलाई फिफाले चार खेलका लागि प्रतिबन्धको सजायँ सुनाएको थियो।

अंक तालिकाको शीर्ष स्थानमा ब्राजिल पुगेको छ।  ब्राजिल, कोलम्बिया, उरुग्वे, चिली क्रमशः पहिलोदेखि चौथो स्थानमा छन्। दक्षिण अमेरिकाबाट चार टोली विश्वकमा सोझै छनौट हुन्छन्। १४ खेल खेलेको अर्जेन्टिनाले  ६ विजय हाँसिल गरेको थियो भने ४ खेलमा पराजित र ४ खेल बराबरी गरेको थियो।
 

प्रकाशित: १६ चैत्र २०७३ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App