७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे ओबामाको नियम खारेज

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको सम्बन्धमा ओबामा प्रशासनले ल्याएको नीतिलाई खारेज गर्ने भएको छ ।
उनले आफूले उर्जा उत्पादनको क्षेत्रमा नयाँ युगको सुरुवात गर्नका लागि ओबामा प्रशासनको उक्त नियमको खारेज गरेको तर्क गरेका छन् ।  वातावरण विज्ञहरूले भने ट्रम्पले ओबामा प्रशासनको विरुद्धमा गरेको उक्त निर्णयले देश भित्र मात्र नभई विश्व भरिकै वैज्ञानिक तथ्थलाई नकारेको र यसले वातावरणीय पक्षमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।
ट्रम्पले उर्जा क्षेत्रमा हुने गरेको सरकारी हस्तक्षेपलाई समेत यसै आदेश मार्फत हटाएका छन् । यस नितीले अनविकरणीय उर्जाको उत्पादनमा प्रोत्साहन दिने बताइएको छ । उद्योगी व्यापारीहरूले उनको यस नीतिको प्रशंसा गरेका छन् भने वातावरण विज्ञहरू यसको विपक्षमा देखिएको छन् । वातावरण विज्ञहरूले यस विरुद्धमा ह्वाइट हाउस बाहिर प्रदर्शन समेत गरेका थिए । 
राष्ट्रपति चुनावको समयमा भन्दा पछिल्लो समयमा ट्रम्पको जलवायु नीति फरक देखिएको छ । 
उर्जा क्षेत्रको यस नियम खारेजीले रोजगारीको सम्भावना बढ्ने  र उर्जा क्षेत्रमा विद्यमान परनिर्भरतामा कमी ल्याउने कारण देखाइ उक्त नियम आवश्यक भएको उनले बताए  ।  उनको यस आदेश विरुद्ध वातावरण विज्ञहरूले अदालतमा मद्दा जाहेर गर्ने भएका छन् । उनीहरुले ट्रम्पको यस निर्णयलाई अमेरिकन मूल्य मान्यता विरुद्वको आदेशका रुपमा लिएका छन् । ओबामा प्रशासनले ल्याएको कुनै कानुन तथा आदेश जारी गर्दा त्यसले वातावरणमा पार्न सक्ने प्रतिकुल असरका बारेमा विचार पुर्याउनु पर्ने भन्ने नियमलाई समेत ट्रम्प प्रशासनले खारेज गरेको छ । 

 

प्रकाशित: १६ चैत्र २०७३ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App