७ वैशाख २०८१ शुक्रबार
प्रवास

फ्रान्सको खोलामा डुबेर नेपाली विद्यार्थीको मृत्यु

मृतक सन्तोष दाहाल

शशि ढकाल 

डेनमार्क— फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाडौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।

उनी चार महिना आघि डेनमार्कको बसाई तथा अध्ययन त्यागेर फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले  सहरमा बस्दै आएका थिए।

 गत ४ मार्च २०१७ को राती ११:३० ओभरभेले पानी नवग्ने कृत्रिम खोला छेउबाट हराएका उनी १६ दिन पछि अर्थात्  २० मार्च २०१७ का दिन साविक हराएकै ठाउंको पानीमा मृत शरीर उत्रिएको अवस्थामा फेला परेको फ्रान्स प्रहरीले जनाएको  छ।  

प्रहरीले २२ मार्च २०१७ मा शव सनाखत गराई पोस्टमार्टम  प्रक्रिया अघि बढाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आउन ४ देखि ७ दिनसम्म लाग्नेछ। त्यसपछि कानुन अनुसार शव आफन्तलाई हस्तान्तरण गरिने प्रहरी तयारी छ।

दाहालको शव परिवारजनलाई नेपालमा पठाउन फ्रान्सस्थित गैर आवसीय नेपाली संघले कानुनी प्रक्रिया अघि बढाएको छ। गैर आवसीय नेपाली संघ फ्रान्सका अध्यक्ष भक्त वाग्लेलेका अनुसार शव नेपाल पठाउन आर्थिक सहयोग संकलनको अभियान थालिएको छ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App