८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकी फुटबल टोलीमा नेपाली मूलका विशेष अधिकारी

विजय थापा

वासिङ्टन डिसी—अमेरिका निवासी नेपाली मूलका १४ वर्षीय किशोर विशेष अधिकारी उमेर समूहको अमेरिकन फुटबल टोलीमा परेका छन्। उनले स्पेनको बार्सिलोनामा हुने फुटबल प्रतियोगितामा अमेरिकी टोलीबाट खेल्दैछन्।

टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीको छनौटमा उनी अमेरिकी टोलीमा पर्न सफल भएका हुन्। अधिकारीले अमेरिकी फुटबल टोलीको प्रतिनिधित्व गर्दै एक्स्कुसिव २०१७ एफसीबी एस्कोला इस्टर प्रतियोगितामा खेल्नेछन्।

पुर्खौली घर चितवन रामपुर भएका उनी आमाबुवा साथमा नेब्रास्का बस्दै आएका छन्। उनी सानैदेखि फुटबल खेल्दै आएका थिए। अधिकारी यसअघि नेब्रास्काको लिङ्कन म्यागेलन सकर क्लबसँग आवद्ध थिए। सन् २००३ मा जन्मेका अधिकारी नेब्रास्का राज्यको नेब्रास्का ओलम्पिक विकास टोलीमा परेका थिए।

हाल उनले हप्तामा ५ दिन फुटबल प्रशिक्षण तथा चुस्त र फुर्तिलो हुन् ३ दिन तालिम लिइ रहेका छन्। उनले १२ वर्षमुनि उमेर समुहको प्रतियोगितामा स्थानीय स्तर तथा राज्यबाट सञ्चालित थुप्रै खेलमा सहभागिता जनाइसकेका छन्।

पढाईमा पनि उनी उत्कृष्ट उनी २९ मार्चमा अमेरिकी टोलीबाट खेल्न उनी बार्सिलोना प्रस्थान गर्ने बताइएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App