coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

मोरङ – मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह छन् । 

उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १६ चैत्र २०७३ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App