५ वैशाख २०८१ बुधबार
समाज

महासंघको स्थापना दिवसमा प्रभातफेरी

पाल्पा – नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा पाल्पामा विरामीलाई फलफुल वितरण र प्रभातफेरी कार्यक्रम गरिएको छ । 
    बुधबार बिहान महासंघ पाल्पा शाखाले जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो । प्रभातफेरी अस्पताल परिसर सुरु भएर मखनटोल हुँदै शित्तलपाटीमा पुगेर कोणसभामा परिणत भएको थियो । 
कोणसभामा बोल्दै महासंघका शाखा अध्यक्ष राजेश कुमार अर्यालले देशमा संविधान पूर्ण कार्यान्वयनको चरणमा पुगेको बताए । अध्यक्ष अर्यालले देशमा स्थानीय तहको चुनावी सरगर्मी बढेकोले पत्रकारको भूमिका वृहत हुँदै गएको बताए । वरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारिताका माध्यमबाट जनता सुसूचित हुने भएकोले विषयवस्तुको गम्भिर्यतालाई पत्रकारले बुझ्न जरुरी रहेको बताए ।

प्रकाशित: १६ चैत्र २०७३ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App