७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘मर्जका लागि महिनौं सेयर कारोबार नरोक’

काठमाडौं–मर्जका नाममा लामो समय सेयर कारोबार रोक्नु ठिक नभएको सरोकारवालाले बताएका छन् । मर्जरका लागि महिनौं कारोबार रोक्दा लगानीकर्ताले चाहेको बेला सेयर बिक्री गर्न नसकेकोे गुनासो आइरहेको बेला सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

मर्जरमा जानुअघि नै कम्पनीको आर्थिक मूल्यांकन गरिसक्ने भएकाले सेयर कारोबार रोक्न आवश्यक नभएको उनीहरुले सुझाएका हुन् । कम्पनीको वास्तविक अवस्था अवगत हुने भएपछि मर्जरको नाममा लामो समय कारोबार रोक्न नहुने सुझाव उनीहरुको थियो ।

धितोपत्र बोर्डले अयोजना गरेको आगामी वर्ष ०७३÷०७४ मा अपनाइने पुँजी बजार सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफलमा उनीहरुले यस्तो सुझाएका हुन् । मर्जरका नाममा लामो सयम सेयर कारोबार रोक्दा सेयर होल्डरको हित अनुकूल नहुने उनीहरुको भनाइ छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले मर्जका नाममा लामो समय सेयर कारोबार रोक्नु ठिक नभएको बताए । डिडिए गरेर कम्पनीको वास्तविक अवस्था जानकारीमा आइसकेपछि सेयर कारोबार किन रोक्नुप¥यो ?

कारोबार रोक्नै पर्दा पनि केही दिनका लागिमात्रै रोक्दा हुने उनको भनाइ थियो । न्यूनतम ६ महिना सेयर कारोबार रोक्नु लगानीकर्ताका लागि प्रतिकूल निर्णय भएको लामिछानेले बताए ।

सेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्डलाई पुँजी बजार सुधारका लागि सरोकारवालाले दर्जनौं सुझाव दिएका थिए । उनीहरुले इन्साइडर ट्रेडिङले पुँजी बजार प्रभावित भएको भन्दै त्यसको अन्त्यका लागि अनुसन्धान गर्नुपर्ने सुझाव पनि दिए ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष आत्माराम घिमिरेले इन्साइडर ट्रेडिङको विषयमा लगानीकर्ता नै चिन्तित भएको बताए । ‘यसमा धितोपत्र बोर्डले अनुसन्धान गर्नुपर्छ,’ उनले भने, जसले इन्साइडर ट्रेडिङ गर्छ उसमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ ।’

कम्पनी सञ्चालक समितिले निर्णय गर्ने बेला निकै ठूलो मात्रामा इन्साइडर ट्रेडिङ हुने गरेको अनुमान लगानीकर्ताले गरेका छन् । कम्पनीको बोर्डमा बस्नेहरुले आफ्ना नातेदार, आफन्त र विश्वासपात्रका नाममा सेयर किनबेच गर्ने भएकाले बजारमा उतार चढाव आउने गरेको पनि उनीहरुको भनाइ छ ।

दुई अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याउन पनि सरोकारवालाले आग्रह गरेका छन् ।

त्यस्तै सरोकारवालाले पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी भिœयाउन आग्रह गरेका छन् । सैद्धान्तिक रुपमा सरकार र सरोकारवाला सबै यस्तो लगानी भिœयाउन सहमत छन् । तर लगानी फिर्ता लैजान समस्या हुने कारण गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश दिइएको छैन । यस्तो  समस्या तत्काल समाधान गर्न आग्रह पनि उनीहरुले आग्रह गरेका हुन् ।

उनीहरुले बजार वृद्धि भएका बेला लगानीकर्ताले कर्जामा, धितो वा ब्याजदर जस्ता पक्षमा खुकुलोपन खोजेका छैनन् । लगानीकर्ताले संस्थागत रुपमै सुधारका योजना थाल्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई आग्रह गरेका छन् ।

फोरम अध्यक्ष घिमिरेले चालु आर्थिक वर्षकै लागि दिइएका धेरै सुझाव कार्यान्वयन नभएको भन्दै पुरानै कतिपय सुझाव कार्यान्वयन गर्न आग्रह गरे । ब्रोकर कमिसन घटाउने विषयमा पनि सबै पक्ष सहमत हुँदाहुँदै पनि हालसम्म कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरे ।

ब्रोकरको कमिसनमा बोर्डले छलफल गरेर यो विषय करिब टुंगोमा पु¥याएको छ । तर हालसम्म कार्यान्वयन नभएको भन्दै सरोकारवालाले कमिसन घटाउन आग्रह गरे ।
 
डिम्याट शुल्कमा पनि सरोकारवालाले चासो व्यक्त गरे । हाल लिँदै आएको डिम्याट शुल्क धेरै भएको र सबै लगानीकर्ताले डिम्याट खाता खोल्दा डिपीहरुको व्यापार बढ्ने भएकाले शुल्क घटाउनु पर्ने माग गरे ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले लगानीकर्ताको हितको ख्याल गर्दै मर्जरमा गएका कम्पनीको कारोबार नरोक्न राष्ट्र बैंकसँग कुरा भइरहेको जानकारी दिए । ‘रातारात मर्जरमा जान्छन् र रातारात मर्जर क्यान्सिल हुन्छ,’ उनले भने, ‘बरु मर्जरमा गइसकेपछि क्यान्सिल गरे कारबाही हुुने व्यवस्था गरिनु पर्छ ।’ आगामी वर्षका लागि ल्याउन लागिएको मौैद्रिक नीतिमा यस्तो व्यवस्था आउने आशा पनि उनले व्यक्त गरे ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले १० हजार बढी पब्लिक कम्पनी रहेको र तिनलाई नेप्सेमा सूचीकृत गर्ने तयारी भइरहेको बताए । हाल नेप्सेमा २ सय ३२ कम्पनी सूचीकृत भएको उनले जानकारी दिए ।

 

प्रकाशित: २८ असार २०७३ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App