७ वैशाख २०८१ शुक्रबार
खेल

सिटीलाई जरिवाना

लन्डन (एएफपी)– इङ्ल्यान्ड फुटबल संघ (एफए) ले यसै महिनाको सुरुआतमा प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्ध सम्पन्न खेलमा आफ्ना खेलाडीलाई नियन्त्रणमा राख्न नसकेको भन्दै म्यानचेस्टर सिटीलाई ४४ हजार डलर जरिवाना गरेको छ।

सिटीले गत हप्ता आफूहरूले खेलभावनाविपरीत कार्य गरेको स्वीकार गर्दै माफी मागेको थियो । मार्च १९ मा घरेलु इत्तिहाद रंगशालामा सम्पन्न खेलमा लिभरपुललाई दिइएको पेनाल्टीपछि सिटीका खेलाडीहरूले रेफ्रीको विरोध गरेका थिए ।

जेम्स मिल्नरले पेनाल्टीमा गोल गरेर भ्रमणकारी टोलीलाई अग्रता दिलाएपछि पनि सिटीका खेलाडीले रेफ्रीको निर्णयको विरोध जारी राखेका थिए ।

‘एफएको अनुसन्धान कमिटीले गरेको सुनुवाइपछि म्यानचेस्टर सिटीले खेलभावनाविपरीत काम गरेको प्रमाणित भएको छ र सिटीलाई ४४ हजार डलर जरिवानाको निर्णय सुनाइएको छ,’ एफएले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिटीका खेलाडीले मार्च १९ मा लिभरपुलविरुद्ध सम्पन्न खेलको ५०आंै मिनेटमा एफएको नियमविपरीत कार्य गरे, सिटीले आफ्ना खेलाडीलाई अनुशासनमा राख्न नसकेको प्रमाणित भएको छ ।’

उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

प्रकाशित: १६ चैत्र २०७३ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App