७ वैशाख २०८१ शुक्रबार
खेल

मेसी विश्वकप छनौटका चार खेलमा प्रतिबन्धित

ज्युरिक— अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले विश्वकप छनौट चरण चार खेल गुमाएका छन्। फिफाले मंगलबार अर्जेन्टिनी स्ट्राइकरविरुद्ध  यस्तो कारवाही फैसला सुनाएको हो।

विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसियललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनी प्रतिबन्धमा परेका हुन्।

विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसियललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनी प्रतिबन्धमा परेका हुन्। खेलको भिडियो हेरेपछि फिफाले उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको थियो। भिडियोमा उनले अपशब्द प्रयोग गरेको स्पष्ट देखिएको थियो।

फिफाको यो निर्णयसँगै मंगलबार बोलिभियाविरुद्ध हुने छनौट चरणको खेलमा उनी मैदानमा उत्रने छैनन्।चीलीलाई १–० ले पराजित गरेको सो खेलमा मेसी रिसाएको घटनाबारे ब्राजिलियन रेफ्रीले सुरुमा केही उल्लेख गरेका थिएनन्। मेसीको फउलमा सहायक रेफ्रीले झन्डा देखाएका थिए।

खेलको समाप्तिपछि मेसीले ती सहायक रेफ्रीसँग हात मिलाउन मानेन्।  उनले सहायक रेफ्रीलाई अपशब्द प्रयोग गरी गाली गरेको भिडियो रेकर्डमा देखिएको थियो।

विश्वकप छनौट चरणका पाँच खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना तेस्रो स्थानमा छ। दक्षिण अमेरिकाबाट चार टोली विश्वकमा सोझै छनौट हुन्छन्।

 

प्रकाशित: १५ चैत्र २०७३ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App