coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टेलिकमले पनि ‘लोन’ सेवा उपलब्ध गराउने

काठमाडौ– नेपाल टेलिकमले जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण(लोन) रकम उपलब्ध गराउने भएको छ । 

त्यस्तो लोन सेवा प्राप्त गर्ने ग्राहकले फोनमा कुराकानी गर्दागर्दै ब्यालेन्स सकिए पनि कुरा निरन्तर भइरहने ‘एयर टाइम क्रेडिट सुविधा’ प्राप्त गर्ने टेलिकम प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्तीमार्फत जानकारी गराएकी छन् । 

लोन सेवा उपलब्ध गराउन नेपाल टेलिकम र हंकङ्गस्थित टिएक्साको स्थानीय एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच चैत ६ गते सम्झौता भएको बताइएको छ । सम्झौता भएको मितिले ५ महिनाभित्र अर्थात् आउँदो साउन ५ गतेभित्र टेलिकमले त्यस्तो सेवा सञ्चालनमा ल्याइसक्ने जनाएको छ। 

उक्त सुविधा प्रदान गरेबापत कुनै पनि चार्ज वा ब्याज नलिने टेलिकमले जनाएको छ। रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट उक्त लोन रकम कट्टा हुने टेलिकमले जनाएको छ । 

प्रकाशित: १५ चैत्र २०७३ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App