coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अारअार क्याम्पसमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार गर्नेलाई पक्राउ गर्न माग

अारअार क्याम्पसमा स्ववियु निर्वाचन बिथोल्ने प्रयास गर्दा भएको झडप। तस्विरः विजय गजमेर

काठमाडौं—राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा फोटो खिच्दै गरेका फोटोपत्रकार लक्षित गरी पेट्रोल बम प्रहार गर्ने कार्यको फोटो पत्रकार क्लबले भत्सर्ना गरेको छ।

ढुंगा प्रहारको फोटो अनलाइनमा प्रकाशित भएपछि निर्वाचन बिथोल्न प्रयास गरिरहेको भिडले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम फ्याँकेको थियो।

निर्वाचन बिथोल्न प्रयासरत भिडले अनलाइनखबरका फोटोपत्रकार श्रीधर पौडेल तथा कान्तिपुर दैनिकका फोटोपत्रकार केशब थापा लक्षित गरी पेट्रोल बम प्रहार गरेको थियो। ढुंगा प्रहारको फोटो अनलाइनमा प्रकाशित भएपछि निर्वाचन बिथोल्न प्रयास गरिरहेको भिडले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम फ्याँकेको थियो।

उपाध्यक्ष दीपक गाउँलेद्वारा जारी विज्ञप्तिमा पेट्रोल बम प्रहार गर्नेलाई कानुनी कारवाही माग गरिएको छ। 

यसैगरी राष्ट्रिय फोटो पत्रकार समूहले एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ। सचिव प्रदीपराज पन्तद्वारा जारी विज्ञप्तिमा पेट्रोल बम प्रहार गर्नेलाई कारवाही माग गर्दै घाइते फोटो पत्रकारको उपचार गर्न माग गरिएको छ।

सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचन बिथोल्ने प्रयास गर्दै सडकमा ढुंगामुढा गरेको थियो। सोही क्रममा निर्वाचन बिथोल्न प्रयासरत समूहबाट फोटो पत्रकार रहेको स्थानमा पेट्रोल बम प्रहार गरिएको थियो।

प्रकाशित: १५ चैत्र २०७३ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App