coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको छपा

मोरङ- एउटै कर्मचारीको नाममा ३२ लाख रुपैयाँ पेश्की फर्स्यौट नभएपछि मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको टोलीले छापा मारेको छ।

इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनस्वास्थ्य कार्यालय मोरङको नाममा उजुरी परेपछि आयोगले छापा मारेको हो। धेरै वर्षदेखि एउटै कार्यालयमा काम गर्दै पेश्की रकम लिएर अनियमिता गरेको फेला परेको आयोगले जनाएको छ। सरकारी कर्मचारीहरु एउटा कार्यालयमा काम गरेको दुई वर्ष पुगेपछि स्वत सरुवा हुने नियम छ । तर, जनस्वास्थ्य कार्यालय मोरङमा भने यो नियम विपरित कर्मचारीहरुले माथिल्ला तहमा प्रभावमा पार्दै धेरै वर्षदेखि एकै थलोमा काम गर्दै आएको भेटिएको छ।

१५ वर्षदेखि काम गर्दै आएका जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोल अधिकृत वसिल मिया नामै एकै आर्थिक वर्षमा नै ३२ लाख रुपैयाँ पेश्की रकम देखिएको छ। वसिल मियामात्र होइन ६ वर्षदेखि १५ वर्षसम्म अवधिका अन्य धेरै कर्मचारी कार्यरत रहेको भेटिएको छ । कार्यालयका ल्याब टेक्निसियन अधिकृत राजेन्द्र चौधरी, खोप सुपरभाइजर उदय श्रेष्ठ, खोप सुपरभाइजर रामानन्द यादव, कोल्ड चेन अधिकृत ऋतु केसी, प्रशासनका सुमन सुवेदी, सञ्चारका नोर्बु मोक्तान धेरै अवधिदेखि कार्यरत छन्। उनीहरुको सरुवा भएपनि विभिन्न स्रोतबाट पुनः त्यही दरवन्दी कायम गर्दै बस्दै आएका छन्।

अख्तियारको टोलीले जनस्वास्थ्य कार्यालयको कागजपत्र नियन्त्रणमा लिँदै ०६६/०६७ देखि विभिन्न कर्मचारीका नाममा ठुलै रकम बेरुजु भेटिएको बताएको छ। मियाको नाममा ३२ लाख बाहेक अन्य आर्थिक वर्षमा समेत विभिन्न शिर्षकमा पेश्की लिएको फेला परेको छ।

अख्तियारका दुरुपयोग अनुन्धान आयोग पूर्वाञ्चलका प्रमुख प्रेम भट्टराईले आर्थिक वर्ष २०६६/०६७ सालदेखि लाखौं रकम बेरुजू रहेको उजुरी आएपछि अनुसन्धान सुरु गरिएको बताउँदै भने,‘कार्यालयका कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । एक जना वसिल मियाको नाममा मात्र ३२ लाख रुपैयाँसम्म पेश्की रकम फेला परेको छ ।’ अधिक बेथितिले भेटिएकोले सुक्ष्म ढंगबाट अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०७३ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App