१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई लाख लुट्ने प्रहरी हवल्दार पक्राउ

जनकपुर- जनकपुर विमानस्थल मार्गबाट भारतीय नागरिकसँग दुई लाख रुपैयाँ लुटेको आरोपमा प्रहरी हवल्दार धमेन्द्र पासमान पक्राउ परेका छन्।

धनुषा अकौडा घर भई रातमाटे गण हेटौडामा दरबन्दी रहेका पासमानले मंगलबार जनकपुर–जटही सडक खण्डबाट भारत बिहारको मधुबनी जिल्ला मधुबनी ग्रामपञ्चायत निवासी जीवछ यादवसँग नेपाली रुपैयाँ दुई लाख लुटेर भागेका थिए । पीडित व्यक्तिले हल्ला गरेपछि तत्काल प्रहरी परिचालनगरी लखेट्दै पासमानको डेराकोठामा पुगेर लुटिएको पैसासहित पक्राउ गरिएको नायव प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए । पासमानलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी यादवले बताए।

 

प्रकाशित: १५ चैत्र २०७३ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App