८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

बाजुरा- राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।

                तर जिल्ला शिक्षा कार्यालयले भने नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क मात्र होइन, प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने भएको छ । प्रोत्साहनका लागि नयाँ भर्ना हुने विद्यार्थीलाई २ सयका दरले सुविधा उपलब्ध गराउने भएको छ ।

                विद्यालय उमेर समूहका नयाँ भर्ना हुने विद्यार्थीलाई २ सयका दरले प्रोत्साहन सुविधा दिने शिक्षा कार्यालयले निर्णय गरेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । जिल्ला स्थित शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायसँगको बैठकले उक्त निर्णय गरेको हो।

                भर्ना शुल्क लिने, विद्यालय पोशाक सूरुमै अनिवार्य गर्ने जस्ता समस्याले सत प्रतिशत भर्ना दर नपुगेको गुनासो आईरहने हुँदा यो पटक प्रोत्साहन दिन सुरुगरिएको अधिकारी रेग्मीले बताए । पहल केन्द्रको सर्कुलर र निर्देशनमा नभई जिल्ला तहमै निर्णय गरिएको विद्यालय निरीक्षक विविराज सोतीले बताए ।

जिल्लामा २४८ जना सामुदायिक विद्यालय सञ्चालनमा छन् । ती मध्ये ४० बढी विद्यालयमा स्थायी दरबन्दी नै छैन् । राहत र निजि श्रोतबाट राखिएका शिक्षकले विद्यालय धानिरहेका छन् । तीनै विद्यालयले शिक्षकहरुको तबलका लागि सहयोग शुल्कका नाममा भर्ना परीक्षा शुल्क लिने हुँदा रोक्नकै लागि पहल थालिएको शिक्षा कार्यालयको भनाई छ ।

निशुल्क शिक्षा नीति कार्यान्वन नै भएन्, सरकारी विद्यालयमा पनि पैसा तिरेर पढ्नुपर्ने जस्ता अभिभावकका गुनासा बढ्न थालेपछि भर्ना हुने विद्यार्थीलाई २ सय सुविधा उपलब्ध गराएर नजिरका रुपमा रहेको गलत आरोपलाई चिर्न प्रयास गरेका हौं, सहयोग सबैको हुनु पर्छ, जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताए।

हाल जिल्लामा ९३.५ भर्नादर रहेको छ। भने शिक्षा कार्यालयका अनुसार २५५ जना विद्यार्थी विद्यालय बाहिर छन् । १ कक्षा देखि ५ सम्म ५१३८ जना र ६ देखि ८ कक्षा सम्म ६८३ जना विद्यार्थी कक्षा दोहोर्याउने गरेको विद्यालय निरीक्षक विविराज सोतीले जानकारी दिए।

यो वर्ष विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबैलाई आर्थिक सहयोग गरेरैभएपनि भर्ना गर्ने तयारी शिक्षा कार्यालयले गरेको छ । अनिवार्य र निशुल्क शिक्षालाई प्रभावकारी बनाउन सबै निकायसँग सहकार्य गर्ने शिक्षा कार्यालयले बताएको छ ।

प्रकाशित: १५ चैत्र २०७३ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App