coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिजम्यान उत्कृष्ट खेलाडी

पेरिस- युरोपियन फुटबलको सर्वोच्च निकाय(युइएफए)ले सोमबार फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई युरो २०१६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ। घरेलु मैदानमा फ्रान्सेली टोली पोर्चुगलसँग १–० ले पराजित भएको एक दिनपछि युइएफएले ग्रिजम्यानलाई उत्कृष्ट खेलाडीघोषणा गरेको हो। युइएफएका प्रमुख टेक्निकल अफिसर लोएन लुपिजकुले भने, 'एन्टोनीग्रिजम्यानले खेलेका सबै खेलमा विपक्षीलाई चुनौती दिए। टिमक लागि उनले कडा मिहिनेत गरेका छन्। बल पोसेसन, टेक्निक, लक्ष्य र फिनिसिङमा पनि उनी अब्बल देखिए।'

प्रतियोगिताका उत्कृष्ट खेलाडी छनोट गर्ने युइएफएको १३ सदस्यीय टेक्निकल मूल्यांकन टोलीमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनमा पनि थिए।

एट्लेटिको मड्रिडका २५ वर्षे ग्रिजम्यानले आइतबार रातिसम्पन्न दोस्रो मुख्य प्रतियोगिताको फाइनलमा हारको सामना गर्नुपरेको हो। उनले एक महिनाअघि चिरप्रतिद्वन्द्वी रियाल मड्रिडसँग च्याम्पियन्स लिग फाइनलमा पराजय भोगेका थिए। लगातार महŒवपूर्ण दुई प्रतियोगितामा असफल भएपनि प्रतियोगितामा ६ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका ग्रिजम्यानले गोल्डेन बुट पनि जितेका छन्। विश्व च्याम्पियन जर्मनीलाई २–० हराउँदै फ्रान्स फाइनलमा पुग्दा दुवै गोल ग्रिजम्यानले गरेका थिए। तर, फाइनलमा गोल गर्न नसकेपछि घरेलु मैदानमा उपाधि जित्ने फ्रान्सको कीर्तिमानलाई निरन्तरता दिन उनीअसफल भए।

यसैगरी सोमबार युरोपियन फुटबलले घोषणा गरेको युइएफए टोलीमा ग्रिजम्यान र मिडफिल्डर दिमित्री पायेट परेका छन्। पायेटले ट्याकल गरेर घाइते भएका क्रिस्टियानो रोनाल्डो आँसु झार्दै फाइनलबाट बाहिरिएका थिए।

टोलीमा रोनाल्डो पनि छन्। पोर्चुगलका डिफेन्डर पेपेसहित गोलकिपर रुई प्याटि्रसियो र राफेल गुरेइरो पनि छन्।  वेल्सका स्ट्राइकर गारेथ बेललेस्थान बनाउन नसके पनि वेल्सका दुई मिडफिल्डर आरोन राम्से र जोइ एलन प्रतियोगिताका उत्कृष्ट खेलाडीछनोट गरेर बनाइएको टोलीमा परेका छन्।

उत्कृष्ट युइएफए टोली :  रुई प्याटि्रसियो(पोर्चुगल), जोसुए किम्ची (जर्मनी), जेरोमी बोएटिङ(जर्मनी), पेपे(पोर्चुगल), राफेल गुरेइरो(पोर्चुगल), टोनी क्रुज(जर्मनी), जोई एलन(वेल्स), आरोन राम्से(वेल्स), एन्टोनी ग्रिजम्यान(फ्रान्स), दिमित्री पायेट(फ्रान्स), क्रिस्टियानो रोनाल्डो(पोर्चुगल)।   

प्रकाशित: २८ असार २०७३ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App