छब्बिस सिट भन्दा बढी क्षमताका गाडी सञ्चालनमा रोक

मङ्गलबार, १५ चैत २०७३, १४ : ४१ नागरिक

बाबियाचौर(म्याग्दी)-  बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघिनै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो भन्दै सडक डिभिजन कार्यालय वाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखण्डमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाइएको बताए।

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमत्ताको मापदण्ड लागू गराउन दबाब दिँदै आएका थिए।

अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमत्ता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन्।

यसअघि अस्थायी रुट अनुमति लिएर आएका सबै प्रकृतिका गाडीलाई सहज रुपमा उक्त सडकखण्ड भएर मुस्ताङ जान आउन दिने गरिएको थियो । शैक्षिक भ्रमणका क्रममा काठमाडौँबाट मुस्ताङ जान आएका राममणि शर्माले उक्त मापदण्डका कारण आफूले ल्याएको गाडी त्यही रोकेर स्थानीय व्यवसायीको गाडी प्रयोग गर्न बाध्य भएको गुनासो गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख परशुराम जोशीले मुस्ताङबाट बेनी जोमसोम सडकमा २६ सिट भन्दा बढी क्षमत्ताका गाडी सञ्चालन गर्न नदिने निर्देशन आएको बताए। पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक र तीर्थयात्रीको चाप बढे पनि यातायात सेवा असहज हुँदा यात्रुले दुःख पाएका छन्।

म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले प्रशासनको निर्देशन अनुसार आफूहरुले २६ भन्दा बढी सिट क्षमत्ता भएका गाडी नचलाएको र बाहिरबाट आएका गाडीलाई पनि मापदण्ड लागू गराउनुपर्ने बताए। जोमसोमदेखि बेनी, पोखरा, काठमाडौँ छुट्ने लामो दुरीका सवारी साधनले समेत यही मापदण्ड पालना गरेको उनको भनाइ छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad