८ वैशाख २०८१ शनिबार
खेल

नेपालसामु बंगलादेशको २ सय ५८ रनको लक्ष्य पेस

काठमाडौं- बंगलादेशमा जारी इमर्जिङ कपअन्तर्गतको खेलमा आयोजक बंगलादेशले नेपाललाई २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै बंगालदेशले २ सय ५७ रन बनायो। बंगलादेशका लागि नासिर हुसेनले सर्वाधिक १ सय ९ रन रन बनाए। उनले १२ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान मोमिनुलले ६१ रन बनाए।

नेपालका लागि भने अविनाश कर्णले ४६ रन खर्चिएर तीन विकेट लिए। संगीत लामिछानेले २ र महबुब आलम, दिपेन्द्रसिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्लले समान एक विकेट लिए।

प्रकाशित: १५ चैत्र २०७३ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App