coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आरआर गेटमा पेट्रोल बम प्रहार, डीएसपी घाइते

तस्बिर : विजय गजमेर

काठमाडौं- स्ववियु निर्वाचनको क्रममा आरआर क्याम्पसमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले प्रहार गरेको पेट्रोल बमबाट डीएसपी सन्तोष तामाङ घाइते भएका छन्। सो क्रममा सशस्त्र प्रहरीको एकथान सञ्चार सेट पनि हराएको प्रहरीले जनाएको छ।

अनेरास्ववियुका नेता राजकुमार राईले आफू तेस्रो हुने डरले क्रान्तिकारीले चुनाव विथोल्न खोजेको आरोप लगाए।

काठमाडौंका एसएसपी छबि जोशीले प्रहरीलाई उक्साउन पेट्रोल बम प्रहार गरिएको बताए। त्यसका बावजुद प्रहरीहरु संयमित भएर आफ्नो ड्युटी गरिरहेको उनले बताए। 'प्रहरीलाई उत्तेजित बनाउन पेट्रोल बम प्रहार गरिएको छ। तर हामी संयमित छौं। बम प्रहारमा केही समान्य घाइते भएका छन्,' उनले भने।

उनका अनुसार अहिलेसम्म ७ सयभन्दा बढी मत खसेको छ। शान्तिपूर्ण तरिकाले नै मतदान भइरहेको उनको दाबी थियो।

यता अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले आफूहरुले बम नपड्काएको दाबी गरे। उनले निर्वाचन मिति गोरखापत्रमार्फत थाहा पाएको भन्दै स्थगनको माग गरे। उनले निर्वाचन स्थगित गरेर विद्यार्थी संगठनहरुको सहमतिमा नयाँ कार्यक्रम तय गर्नुपर्ने बताए। 'एमए दोस्रो वर्षको जाँच छ। निर्वाचन आचारसंहिताविपरीत हिजोसम्म भर्ना गराइएको छ,' प्रवक्ता बस्नेतले नागरिकन्युजसँग भने, 'सर्वपक्षीय बैठक राखेर क्याम्पस प्रशासनले सबै विद्यार्थी संठनहरुको सहमतिमा निर्वाचनमा जानुपर्छ।' 

त्यस्तै अनेरास्ववियुका नेता राजकुमार राईले आफू तेस्रो हुने डरले क्रान्तिकारीले चुनाव विथोल्न खोजेको आरोप लगाए। 'अराजक समूहको चुनाव बिथोल्ने प्रयास भइरहे पनि मतदान जारी छ। सत्तामा बसेर सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने काम उहाँहरुले गर्नुभएको छ। यो कानुनी अपराध मात्र होइन अराजनीतिक चरित्र पनि हो,' नेता राईले भने।

यसअघिको चुनावमा अखिल क्रान्तिकारी दोस्रो भएको थियो।

प्रकाशित: १५ चैत्र २०७३ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App