coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालमा टोयोटाको ५० वर्षे यात्रा

काठमाडौं- नेपालमा गाडीको इतिहास लामो छैन। मुलुकको छोटो गाडीको इतिहासमा टोयाटा गाडीको सेवा अग्रपंक्तीमा आउँछ। हु न त जापानी कम्पनी टोयोटा ८० वर्ष अघि स्थापना भएको थियो। कम्पनीको स्थापना भएको ३० वर्षपछि नेपालमा यसको प्रवेश भएको थियो। सन् १९६७ मा नेपालको टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिन्डिकेट (युटिएस)ले टोयोटासँग सहकार्यको लागि सम्झौता गरेको थियो। यस हिसाबले नेपालमा टोयोटा गाडी सडकमा गुड्न थालेको ५० वर्ष भइसकेको युटिएसले बताएको छ।

युटिएसका अनुसार नेपालमा पहिलो टोयोटा गाडी सम्झौता भएको २ वर्षपछि अर्थात सन् १९६९ मा टोयोटा ब्रान्डको कोरोना गाडी पहिलो पटक बिक्री भएको थियो।

काठमाडौंमा सर्वसाधरणको सुविधाको लागि संचालन भएका ट्याक्सीका इतिहास खोज्दै जाने हो भने स्न १९७३ सम्म जान सकिन्छ। त्यो बेला टोयोटाका पहिलो कोरोला ट्याक्सी नेपालमा संचालनमा आएको कम्पनीले बताएको छ। यसै वर्ष युटिएसले काठमाडौंमा पहिलो सोरुम स्थापना गरेको थियो। कम्पनीले काठमाडौं लाजिम्पाटमा पहिलो सोरुप संचालनमा ल्याएको थियो। उक्त सोरुमबाट थि्र एस अर्थात सेल्स, सर्भिस एण्ड स्पेयर पार्टस् सेवा उपलब्ध गराएको थिया। 

कम्पनीका अनुसार सन् १९९६ देखि टोयोटाले आफ्ना उत्पादनहरूलाई नेपालका सरकारी कर्मचारी र संसदहरूलाई उपलब्ध गराउन थालेको जनाको छ। टोयोटाका कोरोला र प्राडो गाडीलाई सरकारी कर्मचारीहरूलाई उपलब्ध गराउन थालिसकेका थिए। त्यो बेला यि गाडी सरकारी सचिव र व्यवस्थापिका संसदका सदस्यहरूलाई उपलब्ध गराएको कम्पनीले बताएको छ।

नेपालको विकास निर्माणमा समेत टोयोटा गाडीको योगदान रहेको कम्नपीको दावी छ। कम्पनीका अनुसार स्न १९९६ देखि टोयोटाको ल्यान्ड क्रुजरले नेपालको विकास क्षेत्रमा सहयोग पुर्‍याएको थियो। कम्पनीका अनुसार  त्यो बेलादेखि नै नेपालको विकास क्षेत्रमा काम गरिरहेका संस्था, कम्पनी र व्यक्तीलाई ल्यान्ड क्रुजर वितरण गर्दै आइएको छ। 

सन् २००० मा टोयोटा कम्पनीका अध्यक्ष डा. टोयोडाले नेपालको भ्रमण गरेका थिए । त्यसै वर्ष मुलुकका तीन सहरमा हालको चर्चित सार्वजनिक गाडी हायस संचालनमा आएको  थियो। कम्पनीका अनुसार सन् २००० देखि काठमाडौं, पोखरा र विराटनगरमा १२ सिटे हायस चल्न सुरु भएको थिए।

स्न २००३ मा बैद्यज अर्गानाइजेसन अफ इड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (भोइथ) कम्प्लेक्सको उद्घाटन भएको थियो। यसै वर्ष चिडियाखानाको निर्माणको लागि टोयोटा र युटिएसले सघाएका थिए।

हाल संचालनमा रहेको टोयोटा मिनी वस सन् २००५ देखि संचालनमा आएको कम्पनीले बताएको छ। सन् २००५ देखि नै १६ सिटे मिनी बसलाई सार्वजनिक सवारी साधानको रुपमा प्रयोग गर्न थालिएको थियो। टोयोटाले हाइब्रिड कार पनि नेपाला सार्वजनिक गरिसकेको छ। सन् २०१२ मै टोयोटाले हाइब्रिड कार सार्वजनिक गरेको थियो। प्रियुस नामका यो कार पेट्रोल र व्याट्री दुबैले संचालन हुन्छ। 

टोयोटाले नेपालमा आफ्नो व्यवसाय मात्र गरेको छैन। यहाँका आधिकारिक विक्रेता मार्फत सामाजिक काममा पनि सक्रिय रहेको छ। यसै सन्दर्भमा सन् २००७ र २०१० मा टोयोटा विमेन मोटोर र्‍याली सम्पन्न गरेको थियो।

त्यसैगरी, काठमाडौंका विभिन्न ठाउँमा बस विसौनी बनाएको थियो। कम्पनीका अनुसार एयरपोर्ट देखि माइतिघरसम्म बस विसौनीहरू निर्माण गरिदिएको थियो। पछि सडक विस्तारका क्रममा भत्किएका थिए। १९८५ मा रेडक्रसलाई एम्बुलेन्स दान गरेको कम्पनीको भनाइ छ।

प्रकाशित: १५ चैत्र २०७३ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App