coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवेकशीलले माग्यो उम्मेदवारको आवेदन, ५ सय शब्दको निबन्ध लेख्नुपर्ने

काठमाडौं—विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकालाई लक्ष्यित गर्दै उम्मेदवारको आवेदन माग गरेको छ। समाजका विभिन्न क्षेत्रमा रही राष्ट्रलाई योगदान गरिरहेका र गर्न चाहने इमान्दार, योग्य र निष्ठावान नेपाली नागरिकहरुले राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने सुनिश्चितता गर्न खुला आवेदन मागिएको पार्टी प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उम्मेदवारका आवेदकले व्यक्तिगत विवरण, विवकेशील दलबाट उम्मेदवारी दिनुको कारण १५० शब्दमा, निर्वाचित भएमा गर्ने मुख्य कामबारे ५ सय शब्दको योजना निबन्ध लेख्नुपर्ने विवेकशीलको विज्ञप्तिमा उल्लेख छ।

हिलो चरणमा उम्मेदवारले उपलब्ध गराएको पृष्ठभिम, महानगरपालिकाको विकास कार्ययोजनासँग सम्बन्धित भिडियो/अडियोको आधारमा मूल्याङ्कन गरी प्रारम्भिक सिफारिस गरिने सो पार्टीले उल्लेख गरेको छ। दोश्रो चरणमा सम्भावित उम्मेदवारप्रतिको जन समर्थन, दलको मूल्य मान्यतासँग आचरणको मेल, नीतिगत र कार्यगत स्पष्टता र अन्तरवार्ताको आधारमा मूल्याङ्कन गरी पार्टीलाई उम्मेदवारको लागि अन्तिम सिफारिस गर्नेछ।

उम्मेदवारका आवेदकले व्यक्तिगत विवरण, विवकेशील दलबाट उम्मेदवारी दिनुको कारण १५० शब्दमा, निर्वाचित भएमा गर्ने मुख्य कामबारे ५ सय शब्दको योजना निबन्ध लेख्नुपर्ने विवेकशीलको विज्ञप्तिमा उल्लेख छ।

यो नीतिले पार्टीका सदस्य मात्र नभई स्वतन्त्र व्यक्तिहरुलाई पनि राष्ट्र निर्माण गर्न राजनीतिमा योगदान दिने सो दलले दाबी गरेको छ।

प्रकाशित: १४ चैत्र २०७३ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App