८ वैशाख २०८१ शनिबार
समाज

पर्सामा बेवारिसे शव फेला


पर्सा – पर्सा जिल्ला विश्रामपुरमा सोमबार विहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेका छन् । 

उक्त शव विश्रामपुर– ६ का अन्दाजी ३५ वर्षीय अनोद साह कलवारको रहेको प्रहरीले जनाएको छ । स्थानीयले सोमबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतक कलवारको हातको औँला र शरीरको केही अङ्ग जङ्गली जनावरले खाएको अवस्थामा पर्सा प्रहरीले फेला पारेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताए । 

स्वास्थ्य परिक्षणका लागि शवलाई नारायणी उपक्षेत्रीय अस्पतला वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १४ चैत्र २०७३ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App