८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कपिललाई एयर इन्डियाको चेतावनी

नयाँ दिल्ली – अस्टेलियाबाट नयाँ दिल्ली हवाई यात्राको क्रममा कमेडियन कपिल शर्माले गरेको अभद्र व्यवहारका कारण उनलाई एयर इन्डियाले उडानमा बन्देज लगाउने चेतावनी दिएको छ ।  एयर इन्डियाले उनका सहकर्मी सुनिल ग्रोवरलाई चप्पल हानेको कारण उनलाई उडानमा बन्देज लगाउने भएको हो । 
श्रोतका अनुसार उनले सुनिललाई अभद्र व्यवहार गर्नुका साथै विमानमा सवार अन्यलाई समेत प्रभाव पार्ने गरी चिच्याएकाले व्यतिmगत स्वतन्त्रतामा समेत हानी पुर्याएका थिए ।    
एयर इन्डियाका प्रमुख अश्विनी लोहनीले उनका बारेमा थप अनुसन्धानका लगि उनले विमान गरेको व्यवहार प्रतिको एक रिपोर्ट मागेका छन् । उनले कपिललाई एयर डन्डिया मार्फत् उडानमा बन्देज लगाउनका लागि यसै हप्ता एक विज्ञप्ती जारी गरी बन्देज गर्ने समेत बताए ।
 

प्रकाशित: १४ चैत्र २०७३ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App