८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ शक्तिका ४ केन्द्रीय नेता पार्टीबाट निस्कासित

काठमाडौं—बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले फरक मत राख्ने ४ जना केन्द्रीय जनपरिषद सदस्यलाई पार्टीवाट निष्काषन गरेको छ।

पार्टी नेतृत्वमाथि लाग्दै आएको भारतपरस्तको आरोपको ब्यवस्थित खण्डन गर्नुपर्ने तथा स्थानीय तहको निर्वाचनमा निसर्त भाग लिनु पर्ने भन्दै ११ बुुदेँ फरक मत राख्ने मध्य ४ जनालाई निष्काषन गरेको हो। 

पार्टी हित र स्वीकृत मूल्य-मान्यता विपरित गतिविधिमा संलग्न भएको पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

‘आज बसेको बिशेष राजनीतिक समितिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई निष्काषन गरेको छ’ नयाँ शक्तिको ट्विटरमा भनिएको छ। 

पार्टी हित र स्वीकृत मूल्य-मान्यता विपरित गतिविधिमा संलग्न भएको पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

सोमवार निष्काषन गरिएका नयाँ शक्ति नेताहरुले फागुन तेस्रो साता ११ बुदेँ फरक मत राखेका थिए। जसमा फेसबुक र ट्विटरमा आफनो ब्यक्तिगत धारण राख्दा पनि पार्टी नेतृत्व कठोर रुपमा प्रस्तुत भएकोप्रति पनि असहमति प्रकट गरेका थिए। 

केन्द्रीय परिषदलाई १ हजार १ सय ६२ सदस्सीय बनाए पछि त्यससलाई घटाएर चुस्त दुरुस्त बनाउनु पर्ने माग पनि सो पक्षको थियो। तर, सो मागलाई सम्वोधन नगरी फागुन २६–२७ गतेका लागि आब्हान गरिएको परिषद भेला अन्तिममा रोकिन पुगेको थियो।

संयोजक भट्टराईप्रति असहमति जनाउँदै यसअघि रामेश्वर खनाल र मुमाराम खनाल पार्टी छाडेर हिँडिसकेका छन्।  

फरक मत राखेकै भरमा कारवाही गर्नु तानशाही प्रवृति भएको अर्का केन्द्रीय नेता देव लिम्बुले बताए। ‘हामी सबै मिलेर फरक मत राखेका थियौं, फरक मत राखेकै कारण कारवाही गर्नु तानशाही प्रवृति हो,’ लिम्बुले नागरिकन्युजसँग भने, ‘पार्टीमा विचार विमर्श गर्न खोज्नेलाई यस घटनाले निरुत्साहित गरेको छ।’

नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले यसअघि फरक मत राख्ने आफनै पार्टीका नेताहरुलाई फेसबुक र ट्विटरमा ब्लक गरेका थिए।

  

प्रकाशित: १४ चैत्र २०७३ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App