coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

एमाले अध्यक्ष ओली भारतीय राजदूतसँगको भेटमा। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

एमाले अध्यक्ष ओलीले संविधान निर्माण र संविधानबाट जनताले प्राप्त गरेका विषयहरुको चर्चा गरेका थिए। ‘चीन र भारतसँगको पार्टीको सन्तुलित नीतिबारे प्रष्ट पार्‍यौं। भारत पनि शदियौंदेखि हाम्रो एउटा असल छिमेकी मित्र रहेको जानकारी दियौं’, उनले भने।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै उनले राजनीतिक भेटघाटलाई तीब्रता दिएका हुन्। 

दुवै नेताबीचको भेटघाटमा पेचिलो राजनीतिक अवस्थाबारे कुराकानी नभएको एमालेका प्रमुख सचेतक भानभुक्त ढकालले जानकारी दिए। ‘महामहिम भारतीय राजदूत पहिलो पटक नेपाल आएकाले औपचारिक सद्भावना भेटघाट हो। सामान्य शिष्टाचार भेटघाट भयो’, उनले सञ्चारकर्मीसँग भने।

भेटमा नेपाल—भारत सम्बन्धका आयामहरुबारे चर्चा भएको ढकालले जानकारी दिए। ‘दुवै राष्ट्र लोकतन्त्र र जनताप्रति उत्तरदायी भएको, सामाजिक ऐतिहासिक पृष्ठभूमिले पनि हामी निकट छौं भन्ने विषयवस्तुका महामहिमले राख्नुभयो’, उनले भने।

एमाले अध्यक्ष ओलीले संविधान निर्माण र संविधानबाट जनताले प्राप्त गरेका विषयहरुको चर्चा गरेका थिए। ‘चीन र भारतसँगको पार्टीको सन्तुलित नीतिबारे प्रष्ट पार्‍यौं। भारत पनि शदियौंदेखि हाम्रो एउटा असल छिमेकी मित्र रहेको जानकारी दियौं’, उनले भने, ‘अरु धेरै पेचिला राजनीतिक विषयवस्तुबारे आज छलफल भएन। सौहार्दपूर्ण रुपमा कुराकानी हुँदा समय त आफ्नै गतिमा बितिहाल्छ नि!’

अाेली भेट्न भारतीय राजदूत सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका थिए। उनीहरुबीच करिब एक घन्टा कुराकानी भएको थियो। बैठकका तस्विरमा अध्यक्ष ओली तथा राजदूत पुरी रमाइलोसँ हाँसेको देखिएको छ।

 

प्रकाशित: १४ चैत्र २०७३ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App