coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘स्थानीय चुनावमा मोर्चा सहभागी हुन्छ’

विराटनगर – गृहमन्त्री बिमलेन्द्र निधीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आन्दोलनतरत मधेसी मोर्चा पनि सहभागि हुने दावी गरेका छन् । 
आइतबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधीले स्थानीय चुनावमा मधेसी मोर्चा पनि सहभागि हुने दाबी गरेका हुन् । निधिले भने ‘मोर्चासँग सहमति गरेर चुनाव हुने भएकाले चुनावमा मोर्चा सहभागि हुने पक्का छ ।’ मोर्चाले उठाउ“दै आएको प्रदेशको सीमाङ्कनको मुद्धालाई अधिकार सम्पन्न आयोग बनाएर सम्बोधन गरिने निधीले बताए ।

वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने उनले स्पष्ट पारे । उनले चुनावका लागि सुरक्षालगायतका सबै खाले तयारी भइरहेको पनि जानकारी दिए । पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकमा सहभागि हुन र एसएसवीको गोली लागेर मारिएका मोरङका बासुदेव साहको परिवारलाई राहत हस्तान्तरण गर्न गृह मन्त्री विराटनगर आएका हुन् । 
 

प्रकाशित: १४ चैत्र २०७३ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App