६ वैशाख २०८१ बिहीबार
कला

'मिडियामा महिलालाई कम चासो'

काठमाडौं- सञ्चारजगत्मा महिलाको उपस्थिति तुलनात्मक रुपमा बढ्दै गए पनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न नसकेको टिप्पणी सरोकारवालाले गरेका छन्। महिलाका आवाज मुखरित गर्दै गरेको संस्था आह्वानले शनिबार सञ्चालन गरेको 'मिडियामा महिला' विषयक छलफलमा महिलाका विषयले कम प्राथमिकता पाएको सहभागीले  स्वीकार गरे।

ठÒला मिडियाका सम्पादक, रिपोर्टर र डेस्क सम्पादकसमेत पुरुष नै रहेकाले निर्णय गर्ने स्थानमा महिलाको पह¬ँच नभएको राष्ट्रिय सÒचना आयोगकी सदस्य यशोदा तिम्सिनाले बताइन्। 'जसका कारण पत्रिकामै पनि अगाडि वा महŒवपÒर्ण स्थानमा महिलाका विषय कम पर्छन्,’ उनले भनिन्, ‘राजनीतिक निर्णय र अन्य विषय चासोका रुपमा आउँछन्। तर, त्यसभन्दा महŒव राख्ने महिलाका विषय ओझेल पर्छन्।’ उनले महिला आफैं सक्षम भएर आफ्नो पहिचान बनाउने खालका समाचार लेख्न सकेमा प¬रुष पनि सोच्न बाध्य ह¬ने बताइन्।

महिला अधिकारकर्मी रीता शाहले महिलामा पनि अझ मधेसी महिलाका विषय झनै ओझेलमा पर्ने गरेको गुनासो गरिन्।  ‘तराईको दाइजो प्रथा, घ¬म्टो प्रथाभन्दा अरू समस्या आएकै छैनन्,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य र गरिबीले त्यहाँका महिलामा पारेको असर कहिले लेख्ने?’

मधेसी दलमै पनि पुरुषको वर्चस्व रहने भएकाले अग्रस्थानमा आउने राजनीतिक समाचारमा महिलाका समाचारले स्थान नपाउने उनको तर्क थियो। 'जुनसुकै आन्दोलन हुन्, पुरुष आन्दोलनकारी मर्दा नामसहित फोटो र चर्चा भयो। मारिएका महिलाको बारेमा नामै आउन गाह्रो भएको थियो,' उनले भनिन्। 

कार्यक्रमको सहजीकरण गरेकी डा. अर्चना थापाले महिलालाई बढी वस्त¬करण गरिने चलन मिडियाले छाड्न नसकेको बताइन्। महिलाको बौद्धिकताभन्दा पनि उसको अन¬हारको स¬न्दरतालाई पैसाका रुपमा मिडियाले उपयोग गरिहेको उनको दाबी थियो। ‘ज्ञान उत्पादनमा महिला अन¬पस्थित छन् मिडियामा,’ उनले स¬नाइन्, ‘बिहानै उठेर पत्रिका पढेर मनोविज्ञान बनाउने चलन बढेसँगै महिलाका विषय अगाडि आए पो ह¬न्छ।’

महिलाका समस्यामा केन्द्रित बहसमा पुरुष पनि निम्त्याइएका थिए। कार्यक्रममा लेखक कृष्ण धरावासी, सञ्जीव उप्रेती पनि उपस्थित थिए। बहस ध्यानपूर्वक सुनेका धरावासीले महिला आफैं पनि संस्कार, संस्कृति र परम्पराबाट बाहिर निस्कन नसकेको टिप्पणी गरे। ‘अमेरिकामा बसेका नेपाली महिलासमेत बौद्धिक विषयमा अगाडि बढ्नुको साटो देशकै संस्कृतिसँग जोडिएर च¬रापोते लाएर तीजमा नाच्न, ब्रत बस्न छाड्दैनन् भने कसरी अगाडि बढ्छन्? घरका प¬रुषले त त्यसो गर्न भनेका छैनन् नि’, धरावासीले भने।

समीक्षक उप्रेती, क¬मारी लामा, कल्पना वान्तवा, उमा स¬वेदीलगायतले महिलाका समाचार आउन थाले पनि त्यो अझै अपुग रहेको बताए ।

प्रकाशित: १४ चैत्र २०७३ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App