काठमाडौं- राजधानीस्थित कालीकास्थानमा रहेको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक 'बुख्याचा मन' को समय एक साताका लागि थपिएको छ। २५ औं मञ्चनमा बिट मार्ने भनिएको यो नाटकको समय शनिबार साँझ ५ बजेको शो पश्चात थप गरिएको नाटक निर्देशक राज शाह बताए।
निर्देशक शाहले जातीय विभेदमा मानवीयताको उठान गरिएको नाटकमा दर्शकहरुको अत्यधिक चाप र माग बढेपछि मिति थपिएको बताए।
राजकै लेखन रहेको नाटकमा आदित्य शर्मा, आरोही शर्मा, सुदर्शन अर्याल, प्रकाश केसी, शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल लौरो, नविनचन्द्र अर्याल, विवेक आचार्य, सुशिल गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय छ। नाटक चैत्र १९ गतेसम्म मञ्चन हुनेछ।
प्रकाशित: १४ चैत्र २०७३ ०३:५३ सोमबार